– एनपी प्रधान (भरत)
साउदी अरब । साउदी अरबको दमाम स्थित सिको गार्डेनमा एक नेपाली युवाले एकल लगानीमा नेपाली होटल सञ्चालनमा ल्याएका छन् । मोरङ जिल्ल्लाको सिजुवा, ८ का ३७ बर्षीय किशोर थापाले होटल थकाली नेपाल सञ्चालनमा ल्याएका हुन् ।
साउदीको बिभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको उपस्थितीमा होटलको सोमबार साँझ शुभारम्भ गरिएको हो । शुभारम्भका अवसरमा नेपाली ब्यबसायी तथा समाजसेवी राजु सैयद, गैर आवासिय नेपाली संघ साउदीका पूर्व अध्यक्ष पुरुषोत्तमदास श्रेष्ठ, स्यांगजा सहयोग समाजका अध्यक्ष मोहन बिएसके, फेण्डस् अफ नेपालका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, बालकृष्ण पंगेनी लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
नेपाली ४० लाख रुपैयां बढीको लागतमा होटल सञ्चालनमा ल्याईएको सञ्चालक थापाले बताए । नेपाली समुदायलाई लक्षित गरेर खोलीएकोउक्त होटल मार्फत नेपाली स्वाद लिन चाहने सबैलाई अधिकतम् सेवा सुबिधा दिने संचालकले बताएका छन् । होटलमा नेपाली खानाका परिकार सहित थकाली खानाको बिशेष ब्यबस्था गरिएको छ ।
बैदेशिक रोजगारीका शिलशिलामा १६ बर्ष अघि होटेलको वेटर कामदारका रुपमा साउदी छिरेका थापाले यो संगै अन्य ब्यबसाय पनि सञ्चालन गरिरहेका छन् ।
थापाकै एकल लगानीमा साउदी अरबको दमाममै स्टारलाईट नेपाली रेष्टुरेष्ट र स्टार नेपाली ईलेक्टीकल्स् पनि सञ्चालनमा रहेका छन् । थापाले सञ्चालन गरेका ३ वटा ब्यबसायबाट १२ जना नेपाली कामदारलाई प्रत्यक्ष रोजगारी समेत दिएका छन् ।
















प्रतिक्रिया