३० आश्विन २०८३, शुक्रबार

इन्दिरा जोशीलाई शिव जस्तै पति चाहियो ! (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indera-joshi

काठमाडौं । गायिका इन्दिरा जोशीले आफूलाई सुहाउँन जोडी खोजिदेउ भन्दै भगवान शिवसँग प्रार्थना गरेकी छिन् । उनले सुहाउने जोडी भएर मात्रै नहुने पनि उल्लेख गरेकी छन् ।

रुपको शिव धनु उठाउँदै संसारका सारा खुशी जुटाउन सक्ने जोडी जुराइदिन शिवसँग यो तीजमा आग्रह गरेकी हुन् ।

गायिका जोशीले स्वपनिल बरालका शब्द तथा बसन्त सापकोटाको संगीतमा तयार पारिएको तीज गीतमा शिवसँग यस्तो आग्रह गरेकी हुन । शुभ मिडिया होमले उत्पादन तथा वितरण गरेको यो गीतको म्युजिक भिडियो समेत बजारमा आएको छ ।

पछिल्लो समय तीजका गीत तथा म्युजिक भिडियोहरु बिबादमा परिरहेका बेला पुरानो तीजकै झल्को दिने गरि निर्देशक सरोज ओलीले भिडियो निर्माण गरेका छन् ।

शब्दहरुनै बिबादमा परेर पछिल्लो समय बजारमा आएका तीज गीतलाई प्रतिबन्ध लगाउनु पर्ने सहितका माग बाहिर आइरहेका बेला अझै राम्रा गीत तथा म्युजिक भिडियोको निर्माण गर्न गर्न सकिन्छ भन्ने शन्देश दिन यो गीतको भिडियो मार्फत निर्देशक ओली सफल भएका छन् ।

थुप्रै आइटम तथा आधुनिक गीत गाएकी गायिका इन्दिरा जोशिले पहिलो पल्ट तीजको गीत गाउँदै गर्दा यो गीतबाट लामो समय नेपाली लोक गीत संगीतमा काम गर्दै आएका गायक गायिकाहरुले पाठ सिक्नु पर्ने धेरै पाटाहरु भेटिन्छन् ।

गोकुल अधिकारीको छायाँकन तथा अर्जुन पोखरेलको सम्पादनमा तयार पारिएको यो गीतको म्युजिक भिडियोमा अर्जुन सिलवालको नृत्य निर्देशन रहेको छ । गायिका जोशिको यो तीज गीतमा अल्का अस्पतालको प्रस्तुति रहेको छ ।

https://www.youtube.com/watch?v=8P9eNa8arw8