काठमाडौं, ३२ साउन । मौसम खराबीका कारण आइतबारदेखि हराइरहेको इन्डोनेसियाली आन्तरिक उडानको एक विमानमा ६ अर्ब ५० करोड इन्डोनेसियाली रूपैयाँ रहेको खुलासा भएको छ ।
सो रकम ४ लाख ७० हजार अमेरिकी डलर हो । इन्डोनेसियाको पपुवा प्रान्तका गरिबहरुका लागि वितरण गर्न पठाइएको सो रकम विमान हराएसँगै हराएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
पैसा चार वटा झोलामा राखिएको थियो । त्रिगंगा एयर सर्भिसको जहाजमा चालक दल सहित ५४ जना उडेका थिए । उडेको आधार घन्टापछि जहाजको सम्पर्क ट्राफिक कन्टोलसँग विच्छेद भएको थियो ।
पपुवा प्रान्तको पहाडी इलाकामा सो जहाज दुर्घटना भएको अनुमान गरिएको छ । त्रिगंगाले सोही रुटमा खोजीका अर्को विमान पठाएको थियो । सो विमानले दुर्घटनाग्रस्त विमानको भग्वनावशेष फेला पारेको जनाइएको थियो । दुर्घटनास्थलसम्म अहिलेसम्म सरकारी अधिकारी पुगेको पुष्टि भइसकेको छैन ।















प्रतिक्रिया