३० आश्विन २०८३, शुक्रबार

चीनले बनायो नयाँ हतियार, अब हुनेछ असह्य जलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china

एजेन्सी । चीनले एक गैर घातक, सूक्ष्म तरंगबाट चलाउन सकिने हतियार बनाएको छ । जसको निशाना बन्ने व्यक्तिलाई असहनीय जलन हुनेछ र यसले भीड नियन्त्रण गर्नेछ, डकैती र आतंकवाद विरोधी अभियानमा यसको प्रयोग गर्न सकिने बताइएको छ ।

डब्लु बी-आई(WB-I) नामक यो हतियारमा एक तरंग किरणका माध्यमबाट छालाको भीत्र वाटर टिशूओंलाई उत्तेजित गरेर मानव शरीर को चोट नपु¥याएरै असहनीय पीड़ा दिने छ ।

यसको निशाना ८० मिटरसम्म छ । तर, शक्ति बढाउने यन्त्रको प्रयोगमा यसको क्षमता एक किलोमीटरसम्म बढाउन सकिन्छ ।

चिनियाँ अधिकारीले मान्छेको ज्यान नलिने सिद्धान्त अनुसार यो हतियार निर्माण गरेको समाचार एजेन्सीलाई बताएका छन् । अमेरिका र अफगानिस्तानले यो हतियार यसअघि देखिनै प्रयोग ल्याइसकेका छन् ।