३० आश्विन २०८३, शुक्रबार

एनआरएन बेलायतको उम्मेदवारवीच सार्वजनिक बहस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Belayat-ma-nepaliलण्डन । फार्नबरोस्थित सामयुल कोडी स्कुलको हलमा लण्डनबाट प्रसारित हुने गोर्खा च्यानल टिभीले गैर आवासीय नेपाली संघ एनआरएन बेलायतको उम्मेदवारवीच सार्वजनिक बहसको आयोजना गरेको छ ।

एनआरएन बेलायतको आगामी निर्वाचनमा अध्यक्षका प्रत्याशीहरु विश्वास दीप तिगेला, योग फगामी र हीराधन राई, उपाध्यक्षका प्रत्याशीहरु मास्टर राष्ट्र राई, कुमारी गुरुङ, र सनत गुरुङ, साथै सचिब पदका उम्मेदवार खुशी लिम्बुपनि उपस्थित रहनु भएको थियो ।

प्रत्याशी उम्मेदवारहरुले आ–आफ्नो चुनाबी प्रतिवद्घता, उम्मेदवार हुनको कारण र आफनो योजनाहरु व्यक्त गरेका थिए ।

करिव एकको उपस्थित सर्वसाधारणहरुले चासो पूर्वक आफ्नो जिज्ञासा उम्मेदवारहरुमाझ राखेका थिए ।

“हाम्रोलाई हैन राम्रोलाई” भन्ने नाराका साथ आगमी १३ सेप्टेम्बर हुने छैटौं अबिधेशनमा आफनो अमूल्य मत दिएर विजय गराउन उम्मेदवारहरूले आग्रह गरे ।