२९ आश्विन २०८३, बिहिबार

सावधानी नअपनाए यो रोगले केही घन्टामै ज्यान जानसक्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pani ma hatdhudaiकाठमाडौं । उपत्यकामा यस वर्ष पनि हैजा देखिएको छ । हैजाका केस देखिए पनि नियन्त्रणबाहिर नगएको चिकित्सकहरूले जनाएका छन् ।

हरेक वर्ष गर्मी र बर्खामा उपत्यकामा हैजा देखिने गरेको छ । पछिल्लो एक महिनायता सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखाला लागेर आएकामध्ये ३८ जना र पाटन अस्पतालमा आएकामध्ये तीनजनामा हैजाको जीवाणु फेला परेको छ ।

शुक्रराज अस्पतालमा दैनिक औसत ३० जना झाडापखालाका बिरामी आइरहेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

अस्पतालका चिकित्सक डा शेरबहादुर पुनले गर्मी र बर्खासँगै उपत्यकामा झाडापखालाका बिरामीको संख्या बढी भएको भन्दै तीमध्ये केहीमा हैजाको जीवाणु देखिएको बताए ।

हैजा भिभिरो कलेरा भनिने जीवाणु संक्रमित व्यक्तिको दिसाबाट जमिनमा आउने र पानी वा खानेकुराका माध्यमबाट अर्को स्वस्थ व्यक्तिमा प्रवेश गरी रोग फैलाउने काम गर्छ । सो जीवाणु शरीरमा प्रवेश गरेपछि एक्कासि बान्ता र पखाला लाग्न थाल्छ ।

‘हैजा एकदमै कडा रोग हो । यसले पेट दुखाउँदैन, तर एक्कासि झाडाबान्ता हुन थाल्छ,’ डा पुनले भने, ‘समयमै उपचार नगरे कसैकसैको केही घन्टामै ज्यान पनि जान सक्छ ।’

शुक्रराज अस्पतालमा अहिले बल्खु, कुलेश्वर, कालिमाटी, भोटेबहाल, धोबीघाट, टेकुलगायतका स्थानबाट ल्याइएका बिरामीमा हैजाको जीवाणु देखिएको अस्पतालले जनाएको छ । कालिमाटी, कुलेश्वरलगायतका क्षेत्रमा अघिल्ला वर्षहरूमा पनि हैजा देखिएको थियो ।