३० आश्विन २०८३, शुक्रबार

देशद्रोहको अभियोगमा संसदबाटै एक सभासद् पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

combodian-sansadकाठमाडौं, ३१ साउन । आफ्नो देशविरुद्ध बोल्दै हिँड्ने तथा सीमा सम्बन्धी प्रमाण सार्वजनिक गर्ने एक सभासद्लाई राजधानीबाट गिरफ्तार गरिएको छ ।

कम्बोडियामा एक सांसदलाई देशद्रोहको आरोपमा पुलिसले गिरफ्तार गरेको हो । प्रधानमन्त्रीको आदेशमा छिमेकी देश भियतनामसँग सीमासँग जोडिएका विवादित दस्तावेजलाई सार्वजनिक गरेको भन्दै सांसदविरुद्ध देशद्रोह अभियोग लगाएर मुद्दा दर्ता गरी पक्राउ गरिएको हो ।  विपक्षी दल सैम रैन्सी पार्टीका सांसद हांग सोक आवरलाई राजधानीको संसद भवनबाटै गिरफ्तार गरिएको हो ।

देशको प्रमुख विपक्षी दल नेशनल रेस्क्यू पार्टीले भियतनामको अतिक्रमणविरुद्ध देशमा आफ्नो अभियान चलाइरहेका बेला अर्का विपक्षी दलका सांसदले दस्तावेज सार्वजनिक गरेपछि उनलाई देशद्रोहको अभियोग लगाई राजधानी नोम पेन्ह से को संसद भवनबाट गिरफ्तार गरिएको गृह मंत्रालयका प्रवक्ता खिऊ सोफेकले बताए ।

तीन दशकदेखि कंबोडियामा शासन गरिरहेका प्रधानमन्त्री हुन सेनले यो विषयमा विपक्षीबाट चर्काे अलोचना पनि खेपेका छन् । कम्बोडिया र भियतनामबीच सीमा विवाद रहँदै आएको छ । देशका कैयौं भागमा अधिकांश मानिस भियतनामको विस्तारवादी अभियानको विरुद्धमा आवाज उठाउँछन् जसमा विपक्षी दलका नेताहरुले पनि समर्थन जनाउँदै आएका छन् ।

यता नेपालमा पनि अहिले मधेसी मुलका केही नेताहरु देश टुक्र्याउने अभिव्यक्ति दिइरहँदा समेत सरकार मौन छ । स्थानीय नागरिकले भने, त्यस्ता नेतालाई दोशद्रोहको अभियोग लगाएर  देश निकाला गर्नुपर्ने माग गरिरहेका छन् ।