३० आश्विन २०८३, शुक्रबार

खराब मौसले हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना बाच्न सफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

helicopterकाठमाडौं, ३१ साउन । रसियाको सुदूरपूर्वी इलाका खावारोभ्स्कमा हेलिकप्टर दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको इन्टरफ्याक्स समाचार संस्थाले जनाएको छ ।

खराब मौसमका कारण भएको हेलिकप्टर दुर्घटनामा १० यात्रु बाँच्न सफल भएका छन् । अन्गाचन प्लेटफर्मबाट नजीक पर्ने उक्त इलाकामा दुर्घटनाग्रस्त हेलिकप्टरमा १३ जना यात्रु र तीन चालकदलका सदस्य सवार थिए ।

दुर्घटना स्थानीय समयअनुसार ठीक ३ बजेर ४५ मिनेट जाँदा भएको थियो । उद्धार समुहहरु दुर्घटना स्थलतर्फ गइसकेको रसियाली संकट मन्त्रालयको उद्धार केन्द्रले जनाएको छ। रासस/सिन्ह्वा