नयाँदिल्ली, ३० साउन । भारतीय प्रधानमन्त्रीले शनिबार भारतको ५९आँैँ स्वतन्त्रता दिवसका अवसरमा राज्यलाई प्रतिकात्मक लालकिल्लाबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै आगामी एक हजार दिनभित्र १८ हजार ५०० गाउँमा बिजुली बत्ती बाल्ने आफ्नो प्रतिज्ञा रहेकोे बताउनुभएको छ।
प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘भारतमा अझै १८ हजार ५०० गाउँहरुमा बिजुली बत्ती नपुगेको सरकारको आँकडा रहेको छ । हामीले यदी पुरानो शैलीबाट काम गर्ने हो भने सम्भवत आगामी १० वर्षसम्म पनि ती गाउँमा बिजुली पुग्ने छैन । ’
‘मैलै सरकारी अधिकारीलाई भेट गरी कसरी ती गाउँमा बत्ती बाल्न सकिन्छ भन्ने विषयमा छलफल गरेको र उनीहरुले २०१९ सम्म उक्त योजनालाई सम्पन्न गर्न सकिने जनाए । तर राज्यले त्यति लामो समयमसम्म पर्खिरहन सक्दैन ।’ भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो ।
‘टिम इन्डियाले’ आज अँध्यारोमा रहेका नागरिकलाई बिजुली बत्तीको सेवा आगामी एक हजार दिनभित्र पु¥याउने प्रतिज्ञा गरेको छ, उहाँले थप्नुभयो । रासस/सिन्ह्वा
















प्रतिक्रिया