एजेन्सी । उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनको आदेशमा उपप्रधानमन्त्री चोइ योङ गोनको हत्या गरिएको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार गोनको हत्या उत्तर कोरियाका शासक किम जोङ उनको आदेशमा गत मे महिनामा गरिएको थियो । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापको रिपोर्टका अनुसार गोन, किम जोङ उनको नविकरण नीतिदेखि असन्तुष्ट थिए ।
योनहापका अनुसार किम जोङ उनको शासनमा उत्तर कोरियामा अहिलेसम्म करिब ७० अधिकारीको हत्या भइसकेको छ । तर, उपप्रधानमन्त्री गोनको हत्या गरिएको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
दक्षिण कोरियाको एकीकृत मन्त्रालयका अनुसार गोन अन्तिम पटक डिसेम्बरमा सार्वजनिक कार्यक्रममा देखिएका थिए । हत्याको थोरै विवरण योनहापले दिएको छ । जुन उत्तर कोरियमा भइरहेको घटनालाई सबैभन्दा पहिला सार्वजनिक गर्छ ।

गोन निर्माण तथा निर्माण सामाग्री उद्योग उपमन्त्रीको पद सम्हालिसकेका थिए । उनले दक्षिण कोरियाको राजधानी सोलमा भएका वार्तामा उत्तर कोरियाको प्रतिनिधित्व गरेका थिए । गत जुनमा सात जनालाई उपप्रधानमन्त्री बनाइएको थियो जसमा गोन पनि एक थिए ।















प्रतिक्रिया