३० आश्विन २०८३, शुक्रबार

तीज, दशै र तिहार धमाका मच्चाउन को-को कलाकार जाँदैछन् अमेरिका ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

celebrty-nepal

– विजय थापा
वाशिंगटन डिसी । यसवर्षको तीज, दशैं तथा तिहार धमाका सांगीतिक कार्यक्रमको समुद्घाटन पेंसेलभेनिया राज्यको पिट्सबर्ग शहर अगस्त २९ तारिखमा हुने भएको छ ।

कार्यक्रमको उद्घाटनलाई अपार सफलता बनाउन आयोजक तथा सह आयोजकहरु भब्य तयारीमा जुटी रहेको वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाका संस्थापक तथा प्रमुख बुद्धी प्रसाद रेग्मीले बताएका छन् ।

समुद्घाटन कार्यक्रम अगस्त २९ तारिख १ बजे देखि शुरु हुने भएको छ । उक्त कार्यक्रमपछि २०७२ तीज, दशैं तथा तिहार धमाका सांगीतिक कार्यक्रम सुरु गरिने जानकारी कार्यक्रम संयोजक भानु फुएलले दिए ।

अमेरिकामा रहेका नेपाली तथा भुटानी संघ तथा संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको बिशेष आतिथ्य तथा उपस्थिति सहित नेपाल सरकारका अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यमा ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन हुने भएको छ ।

उक्त कार्यक्रमको लागि नेपालका हास्य विधाका चर्चित हास्यकलाकार जितु नेपाल (मुन्द्रे) लोक गायिका शिला आले, प्रसिद्ध लोक गायक बद्रि पंगेनी तथा हास्यकलाकार तथा नृत्यांगना निरु खड्का (निर्मली) आउने भएका छन् ।

यसैगरी अमेरिकामा रहेका गायकद्वय ढकाल ब्रदर (कृष्ण तथा मनोज)भुटानी समुदायका ख्याती प्राप्त कलाकारहरुले पनि प्रस्तुति देखाउने भएका छन् ।

वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाका संस्थापक तथा प्रमुख रेग्मीले २०७२ तीज, दशैं तथा तिहार धमाका नेपाली भाषीहरुलाई मनोरंजन प्रदान गरिनुको साथै नेपाली समुदाय र भुटानी समुदायबीच सांस्कृतिक पुल बनाउने मुख्य उद्देश्य पनि रहेको बताए ।

कलाकारहरु अगस्त २७ तारिखमा अमेरिका आई पुग्ने र अगस्त २९ देखी नोभेम्बर १ सम्म अमेरिकाका २० भन्दा बढी राज्यहरुमा प्रदर्शनी गर्ने रहेको कार्यक्रम रहेको छ ।

कार्यक्रमबाट संचित नाफा रकम तथा स्वैच्छिक सहयोग रकम नेपाल पुनर्निर्माण तथा भूकम्प पीडितलाई सहयोग स्वरुप राजदूत डा अर्जुन कुमार कार्कीलाई नोभेम्बर १ तारिखमा कार्यक्रमको समापन समारोहमा बाल्टिमोरमा हस्तान्तरण गरिने बुद्धी प्रसाद रेग्मीले जानकारी गराए ।