३० आश्विन २०८३, शुक्रबार

महिन्दा राजपाक्ष फेरि राष्ट्रपति बन्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahinda-rajapaksaकोलोम्बो, ३० साउन । श्रीलङ्काको प्रमुख प्रतिपक्षी दल युनाइटेड पिपुल्स फ्रिडम अलाएन्स (यूपीएफए) ले आफ्नो विजय भएमा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षलाई नै श्रीलङ्काको प्रधानमन्त्री बनाउने दोहो¥याएको छ ।

श्रीलङ्कामा यही अगस्ट १७ तारिखमा संसदीय चुनाव हुँदै छ ।

निर्वाचनको उत्तराद्र्धमा यूपीएफएले गरेको सञ्चारमाध्यमसँग गरिएको संक्षिप्त भेटमा प्रमुख प्रतिपक्षी दलका उच्च सदस्य जोन सेनेभिराट्नेले आफूसहित अरु आठ सदस्यलाई भविष्यको प्रधानमन्त्रीका लागि उभ्याउन राष्ट्रपति मैत्रीपाल सिरिसेनाले गर्नुभएको अनुरोधलाई हामीले अस्वीकार गरेका छौँ, सेनेभिराट्नेले बताउनुभयो ।

राष्ट्रपति सिरिसेनाले बिहीबार राजपाक्षलाई पत्र लेख्दै आफूले पूर्व राष्ट्रपतिलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गर्न नसक्ने जानकारी गराउनुभएको थियो । रासस/सिन्ह्वा