दुबई । धन कमाउने सपना बोकी परदेशिएका नेपालीहरु आफ्नो रुचिको क्षेत्रमा लागेर दामको साथसाथै नाम पनि कमाइरहेका छन् ।
विगत आठ वर्षदेखि दुबईमा काम गरिरहेका भेडेटार– २, धारापानी, धनकुटाका नन्दु राई गीतको माध्यमबाट नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका छन् ।
बाल्यकालमै रेडियोमा बजेका गीतहरु र गाउँगाउँ गीत गाउदै हिँड्ने गाइनेहरुका गीतहरु हुबहु गाउने उनको गायक बन्ने सपना दुबईबाटै साकार हुँदै गएको छ ।
संगीतप्रतिको आफ्नो लगाव र साधनाका कारण दुबईबाटै दोस्रो एल्बम सुसेलीसार्वजनिक गर्ने तयारी गरिरहेका छन् राई । सुसेलीमा ५ वटा गीत र एउटा म्युजिक ट्रयाकसहित नेपाली संगीतिक क्षेत्रमा कोसेली स्वरुप अर्पण गर्न लागेको उनी बताउँछन् ।
सुसेलीमा उनका परदेशमा आइयो….., सुरती साकेला……, पिउन बाँकी छ….., ओठैमा लाऊ लाली….जस्ता विभिन्न विधाका गीतका साथ एक गीतकोम्युजिक ट्रयाक रहनेछन् भने सुसेली लाउने…..बोलको गीतको म्युजिक अडियो सङ्स नेपालबाट सार्वजकिन भइसकेको छ ।
परदेशमा आइयो…. र पिउन बाँकी छ…. म्युजिक भिडियो विकल्प क्रिएसनका मुनालशिशिर कोइरालको निर्देशनमा यूएईमै सुटिङ गर्ने गायक राईले बताएका छन् ।
लोकआधुनिक, पप, लोकपप संगीतमोहलेसाधनाका साथमा विकल्पहरु खोज्न सिपालु राईलाई नेपाली सांगीतिक आकाशमा आफ्नो नाम दर्ज गर्ने हुटहुटीले दुबईको बसाइमा कहिले छाडेन ।
पढाइ, करियर र जिम्मेवारीको बोझले राईलाई नेपालमै बस्न नदिए पनि रोजगारीको क्रममा यूएई आएका उनी परदेश पैसा कमाउने मात्र नर्भइ नाम पनि कमाउने उत्तम थलो भएको बताउँछन् ।
विद्यालयमा पढ्नमा भन्दा गीत गाउन सुन्न र चित्र बनाउनमा रुचि राख्ने राई साथीभाइलाई गीत सुनाएर मख्खै पार्दथे ।
उनको प्रतिभालाई चिनेर धेरैले काठमाडौँ जान सल्लाह दिए । उनी २०६० सालमा रेडियो नेपालको चौतारी कार्यक्रममा गीत गाउन सफल भएको सम्झन्छन् ।
रेडियो नेपालको आधुनिक स्वर परीक्षामा आफ्नै शब्द र संगीतमा घरिघरि पोखिन्छ आँसुसरि जीवन….बोलको गीत गाएर सहभागिता जनाएका थिए ।


















प्रतिक्रिया