– एनपी प्रधान (भरत)
साउदी अरब । एमाले निकट प्रबासी नेपाली मञ्च साउदी अरेबियाको पहिलो पूर्ण बैठक रियादमा सम्पन्न भएको छ । बैठकले बार्षिक कार्ययोजना तय गर्नुका साथै सदस्यता बिस्तार गर्ने लगायतको निर्णयहरु पारित गरेको छ ।
मञ्चका अध्यक्ष बालाराम गिरीको अध्यक्षतामा बसेको बैठकले प्रशिक्षणमूलक कार्यक्रम गर्ने, बार्षिक क्यालेण्डर प्रकाशन गर्ने, बार्षिकोत्सव मनाउने निर्णय गरेको हो । यस्तै साउदीको रियाद, जेद्धा, अल कसिम लगायतका क्षेत्रमा रहेको क्षेत्रीय कमिटीको पूर्नगठन गर्ने निर्णय समेत गरेको मञ्चका महासचिव राजु खनालले जानकारी दिनुभयो ।
बैठकले हालै सम्पन्न भएको महाधिबेशनको समिक्षा गर्दै आय ब्यय समेत पारित गरेको छ । साउदीमा रहेका प्रवासी नेपालीहरुलाई मञ्चमा आबद्ध गराउनका लागी मञ्चले आगामी दिनमा थप प्रभावकारी ढंगबाट आफ्ना कार्यक्रमहरु सञ्चालन गर्ने महासचिव खनालले बताउनुभयो ।















प्रतिक्रिया