३० आश्विन २०८३, शुक्रबार

प्रक्रियागत ढिलासुस्तीले अपेक्षित लक्ष्य हासिल गर्न कठिनाइ : एडिबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

adbकाठमाडौँ, २९ साउन । एसियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक केनिची योकोयामाले पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्तिसँगै पुनःनिर्माणका काम शीघ्र प्रारम्भ हुने र त्यसले नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राजधानीमा आज केही आर्थिक पत्रकारसँगको छलफलमा उहाँले नेपालको सामाजिक आर्थिक विकासमा एडिबीले ठूलो लगानी गरेको र त्यसलाई निरन्तरता दिन तयार रहेको बताउँदै परियोजना कार्यान्वयनमा हुने प्रक्रियागत ढिलाइले विकासका काम प्रभावित भएको बताउनुभयो ।

ऊर्जा, सडक र विमानस्थलजस्ता पूर्वाधारका क्षेत्र, शिक्षा, सहरी विकासलाई प्राथमिकतामा राखेर बैंकले लगानी गरिरहेको जानकारी दिँदै उहाँले सार्वजनिक खरिद, परियोजना व्यवस्थापन, ठेक्काजस्ता प्रक्रियागत काममा ढिलासुस्ती हुँदा अपेक्षित लक्ष्य हासिल हुन कठिन भएको गुनासो गर्नुभयो ।

विकास आयोजनाहरुमा पर्याप्त लगानी भए पनि लक्ष्य अनुरुप उपलब्धि नहुँदा बैंकको केन्द्रीय कार्यालयले नेपाललाई प्रदान गरिने सहायता रकम कटौती गर्नेसम्मको चेतावनी दिएकाले नेपाल सरकार र आफू नेतृत्वको टोलीले त्यस्तो अवस्था उत्पन्न हुन नदिन गम्भीर रुपमा काम गरिरहेको उहाँले बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजना भूकम्पका कारण नराम्ररी प्रभावित भएको तर चाँडै नै त्यसको काम थालिने जानकारी दिँदै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजना, तनहुँ जलविद्युत् आयोजना र गौतमबुद्ध विमानस्थल निर्माणका काम द्रुत गतिमा भइरहेका बताउनुभयो । रासस