२९ आश्विन २०८३, बिहिबार

कहिलेसम्म टुक्रिने हामी रुकुमेली ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahesh-kcलामो राजनीतिक संघर्षपछी प्राप्त उपलब्धिमा रुकुमले ठूलो मुल्य चुकाएको छ । रगत बगाएको छ । द्वन्द्वतामा काटिएको घाँउ अझै पनि दुःखिरहेछ । सयौ रुकुमेली छोरा–छोरीहरु अहिले पनि शरीरमा लागेको गोली बोकेर तड्पिरहेका छन् । पश्चिमतिरको क्षितिजमा अस्ताउनै लागेको सुर्य झै भएको बुढो शरीर अहिले पनि सूर्य अस्ताएपछि आउने रातलाई चकमन्न पार्न र शितलता प्रदान गर्न जुन उदाए झै युद्धताका वेपत्ता पारिएको छोरो ‘आमा’ भन्दै फकेर आईपो हाल्छ कि भनेर धेरै रुकुमेली आमा–बाबाहरु बाटो हेर्दाहेर्दै आखाँहरु थाकेका छन् । तत्कालिन माओवादीले २०५२ साल फागुन १ गते देखी थालेको शसस्त्र संघर्ष (जनयुद्ध) को १५ औं दिनमा रुकुम पिपलको मेलगैरीमा एकै घरमा बसेका ६ जना रुकुमेली छोराहरुलाई‘डयाम्म’ गोली हानेर ढालेको आजै जस्तो लाग्छ पिपलबासीलाई । देशमा युद्ध चलेकै बेला २०५६ साल फागुन १० गतेआफ्नै आँखा अगाडी घरमा आगो पसेको र राईफलको गोलीले ‘पानी’पनि भन्न नपाएर मरेको छोरा–छोरीको त्यो दर्दानक रातको दृश्य अझै पनि खाराले भुल्न सकेको छैन ।

अरुको सजिलोका लागि सधै रुकुम टुक्र्याउनुपर्ने, हिजो सयौ बाबा–आमाहरुले आफ्ना छोराहरुलाई टुक्रिन दिए गरिबको शासन आउला नी भन्ने आशमा । तर कसैले मेरो छोरा–छोरी किन टुक्रा पारिस ? भनेर प्रश्न गरेनन् । कसैले ‘किन मेरो छोरा मारिस’ भनेनन् किनकी सबैलाई लागेको थियो हाम्रा छोराछोरीले बगाएको रगतले एकदिन सुनौलो विहानी आउने छ । तर उस्तै छ रुकुमको भोक, शोक र रोग ।

यी र यस्ता हजारौ पिर–व्यथाका कहानी छन् रुकुमेलीका । जो यहाँ लेख्न सकिदैन, अहिलेको अहिल्यै देख्न सकिदैन तर खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भने झै हो रुकुमेली जनताको पीडा । धेरै आमाहरु विधवा भए, धेरै छोराछोरीहरु टुहुरा भए । धेरै बाबाआमाहरु सन्तान विहिन भए । तर जनताको शासन होला भन्ने लागिरह्यो रुकुमेलीलाई । गरिब जनताको शासन कायम हुने र देशमा नयाँ विहानी आउने आशामा धेरै आमाबाहरुले जेठो छोरो युद्धमा मर्ने वित्तिकै अर्को छोरालाई वदला लिन पठाए । रातो झण्डा बोक्न हौस्याए । एउटा सुन्दर विहानीको आशामा । दश बर्ष लगातार चलेको युद्धलाई सफल तुल्याउन रुकुमेली जनताले हर तरहबाट सहयोग गरे । कसैले युद्धका सिपाहीलाई रात–विरात भान्सा बसालेर पेट भरिएर, कसैले आफूले पाउने सेवा–सुविधाको प्रतिशत चन्दा दिएर सहयोग गरिरहे । गाँउ–गाँउ बाट उठे बस्ती बस्तीबाट उठे रुकुमेली । जो संग जे छ त्यही लिएर उठे, हातमा केही नहुनेहरु आवाज लिएर उठे त्यही सुन्दर विहानीको आशामा युद्धलाई समर्थन गरिरहे रुकुमेलीहरु । युद्ध सकियो दुवै तर्फका हतियारहरुले बिश्राम पाए । तत्कालिन सात दलले सहमति गरे देशमा अर्को शान्तिपुर्ण जनआन्दोलन भयो । राजाले ‘जनताको नासो जनतालाई’ भन्दै सम्बोधन गरे । राजतन्त्र विदा भयो देशमा लोकतान्त्रिक गणतन्त्रको पालुवा पलायो । रुकुमेलीलाई लाग्यो युद्ध लड्नेहरुले भनेको ‘सुनौलो विहानी’ यही होला । पहिलो संविधानसभाको चुनाव भयो । रुकुमेलीले भोट हाले नेताहरुलाई जिताएर पठाए । फेरि अर्को संविधानसभाको चुनाव भयो फेरी पनि जनताले भोट हाले र तिनै नेताहरुलाई जिताए । देशले संविधान पाउने आशामा र त्यही ‘सुनौलो विहानी’ आउने आशामा । ‘सुनौलो विहानी’को आशामा रुकुमेलीले धेरै अध्यारा रातहरु बिताउनुप¥यो ।

पीडाहरुका बिचामा पनि रुकुमेलीलाई केही आशाको संञ्चार भएको भने अवश्य भईरह्यो । देशमा भएको राजनीतिक परिर्वतनले देश विकास हुने र राष्ट्रमा समृद्धी कायम हुने अनि संगसंगै युद्धताका लडाकुहरुले देखेको सपना र युद्ध गर्ने राजनीतिक पार्टी (तत्कालिन नेकपा माओवादी)ले देखाएको समान्तवादको अत्य र जनताको शासन कायम हुने कुरामा रुकुमेलीहरुको आशाको दिप मरेन कदापी । तर पछिल्नो पटक भएको राजनीतिक सहमतिमा देशलाई संघीयतामा लैजाने र हालको केन्द्रिकृत राज्य व्यवस्थालाई विकेन्द्रीकृत गरेर साच्चैको सुनौलो विहानी ल्याउने नाममा रुकुम जिल्लालाई दुई टुक्रा पारेर गरिएको विभाजनमा देशको समृद्धी जिल्लाको समृद्धी समृद्धी हैन रैछ भन्ने लागेको छ रुकुमेलीहरुलाई । अरुको सजिलोका लागि सधै रुकुम टुक्र्यानुपर्ने, हिजो सयौ बाबा–आमाहरुले आफ्ना छोराहरुलाई टुक्रिन दिए गरिबको शासन आउला नी भन्ने आशमा । तर कसैले मेरो छोरा–छोरी किन टुक्रा पारिस ? भनेर प्रश्न गरेनन् । कसैले ‘किन मेरो छोरा मारिस’ भनेनन् किनकी सबैलाई लागेको थियो हाम्रा छोराछोरीले बगाएको रगतले एकदिन सुनौलो विहानी आउने छ । तर उस्तै छ रुकुमको भोक, शोक र रोग । कहिले आउँछ रुकुमेलीका माझमा त्यो दुई शब्दको‘सुनौलो विहानी’ । खै कहाँ छ रुकुमेलीका लागि ‘जनताको शासन’ । अहिले सम्म रुकुम र रुकुमेलीले गरेको बलिदान के यही दिन देख्न हो ? लागेको छ होला रुकुमको भुगोल एउटा राजनैतिक सहमतिमा मात्र टुक्रिएको छ अथवा प्रदेश कायम गर्न मात्र जिल्लालाई टुक्रा पारिएको छ । यसले केही नेताहरुलाई त राजनीति गर्न सजिलै होला । तर यहाँ त रुकुमेलीको मन टुक्रा पार्ने खेल भैरहेछ, रुकुमेलीको भावना र एकतालाई टुक्रा पार्ने षडयन्त्र भैरहेको जस्तो लागिरहेछ हामी रुकुमेलीहरुलाई फेरि एकपटक आफ्नो भावना र चाहनाको अपमान गरिएको छ । दश बर्षे युद्धको नेतृत्व गर्ने रुकुमलाई यो अपमान कदापी सह्यै छैन । हामी रुकुम र रुकुमेली एक भएको हेर्न चाहन्छौ । रुकुम अखण्ड भएको हेर्न चाहन्छौ । अहिले सम्म त हामीलाई ‘जनताको शासन’ आउछ भनेर ढाटिरह्यौ तर अब कदपी ढाट्न पाउदैनौ । किनभने हामी रुकमेली बारबार ढाटिन चाहन्नौ । रेटिन चाहन्नौ । टुक्रिन चाहन्नौ । हामीलाई संगै रुकुम चाहिन्छ । कसैको हुकुमी शासन, सामन्ती दासत्व र निरङकुश केन्द्रियता होईन । हामिलाई देशको समृद्धी संगै रुकुमको समृद्धी चाहन्छि । रुकुमको विकास चाहीन्छ । रुकुमेली जनताको भावना र चाहनाको कदर भएको विहानी हेर्न मन छ । सायद हाम्रा लागी त्यही विहानी नै ‘सुनौलो विहानी’ हुनेछ ।

([email protected])