काठमाडौ । ‘ढांडे बिरालो’ बोलको तीज गीतको म्युजिक भिडियोमा अश्लील डान्स गरेपछि ज्योती मगर निकै आलोचित भईन् ।
बालाजुका महिलाले ज्योतीलाई सुटिङ स्थलमै कुटे भन्नेसम्मका खबरहरु बाहिरिए । अमेरिका रहेका गायक रामप्रसाद खनालले भनिदिए, ‘यस्तो भिडियो गर्नुभन्दा ब्लु फिल्ममा खेले हुन्छ ।’
ज्योती मगरले रामप्रसादलाई एक अन्तरवार्तामा कडा जवाफ दिएकी छिन् । उनले भनेकी छिन्, ‘ब्लु फिल्म कस्तो हुन्छ, मलाई देखाइदिनुपर्यो । मजाले हेर्छु । अनि, खेल्नेबारे सोंचौला ।’ उनले अहिलेसम्म ब्लुफिल्म नहेरेको बताएकी छिन् ।
उनले भनिन्, ‘ब्लु फिल्म भन्ने के हो ? उहाँलाई थाहा रहेछ । उहाँले निकै हेर्नुहुँदो रहेछ । उहाँलाई आइडिया छ भने ब्लु फिल्म बनाउँदा पनि हुन्छ ।’
ज्योतीले थपेकी छिन्, ‘मैले त डान्सिङ नम्बर, आइटम नम्बरहरु हेरेकी छु । लोकगीतमा फ्युजन दिएको हेरेकी छु । मलाई यीनै कुरामा चासो छ । जानकारी पनि यसैको बारेमा राख्छु । मलाई ब्लुफिल्मबारे थाहा छैन ।’
यस्तो छ ज्योती मगरले उत्तेजक डान्स गरेको तीज गीतको भिडियो :
















प्रतिक्रिया