काठमाडौं, २९ साउन । हिन्दू राष्टको माग गर्दै आन्दोलनमा उत्रिएका राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच आज दिउसो नयाँ बानेश्वरमा झडप भएको छ ।
झडपको क्रममा प्रहरीले करिब एक दर्जन अश्रु ग्यास प्रहार गरेको थियो । राप्रपा नेपालका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो । स्थिति अझै नियन्त्रणमा आइसकेको छैन ।
संविधानसभाको गेट फोड्ने भन्दै अगाडि बढेपछि प्रहरीले लाठी चार्ज गरेको हो । विस्तृत विवरण आउँन बाँकी छ ।
















प्रतिक्रिया