९ कार्तिक २०८३, सोमबार

‘न भागेको भए मेरो लास त्यही माटोभित्र हराउथ्यो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pahiero (2)

– अनिल खत्री
गुल्मी, २८ साउन । अबिरल वर्षासंगै गुल्मीको कुर्घा गाविसको वार्ड नं. ६ पौसिया भन्ने स्थानका ३ घर परिबार पहिरोको उच्च जोखिममा छन् । तीन घर मध्ये एक परिबार पूर्ण रुपमा बिस्थापित भईसकेको छ भने अन्य २ परिबार जोखिम मोलेर बस्न बाध्य छन् ।

बिस्थापित हुनेमा सोही ठाँउमा बस्ने रामकली थापाको परिवार रहेको छ । पहिरोबाट भीम बहादुर थापा र गुमान बहादुर थापा जोखिम मोलेर बस्न बाध्य भएको सोही ठाँउका स्थानीय बम बहादुर केसीले जानकारी दिए । पहिरोले घरमा नहुँने अबस्था आएपछि बस्न गुमान बहादुर थापा र भीम बहादुर थापाको परिबारलाइृ तत्काल अन्यत्र सार्नु पर्ने देखिएको छ ।

pahiero (1)

केही दिन अगाडी गएको पहिरोले करिब ५० मुरी उब्जाउ खेत पूर्ण रुपमा बगाएको छ भने स्थानीयहरु लाई बस्न समेत त्रसित बनाएको छ । ‘पहिरो जाने दिन बिहान बाहिर निस्केकी थिए, वरिपरि रहेका सुन्तलाका रुखहरु एक्कासी पहिरोले बगायो, म आत्तिदै परिबारलाई सचेत गराएँ धन्न मानबिय क्षती भएन’ विस्थापित रामकलीले भनिन्-‘यदि बाहिर न निस्केको म त्यही माटोभित्र हराउथे ।’

पहिरोले उनको घरको ट्वाईलेट र दाउरा राख्ने टहरो बगाएको छ भने बस्ने घर पनि बग्ने स्थितीमा छ । पहिरोबाट जोखिम भएपछि घरमा भएका सामग्रीहरु तथा पशु चौपायाहरुलाई अन्यत्र सारेका छन् । पहिरोले घरजोखिम हुँदा अहिले रातीमा आफन्तकोमा बास बसिरका छन् ।