उनको टेबुल अगाडि दुईवटा आइफोन थियो । एक अर्कामा खप्टिएका । एउटा मोवाइलमा घण्टी बज्यो । मोवाइल छुट्टिए । गगनले फोन उठाएनन् । फेरि अर्को बज्यो । त्यो पनि छाडिदिए । लगातार बजिरहे, गगन भने गफिइरहे । …
अस्तीमात्र मेरो मोवाइलमा एक जना केटी साथीको एसएम आएको थियो । तपाईँको भाषण निकै मनपर्यो भन्दै धेरै कुरा लेख्नुभएको थियो । फोन पनि गर्नुभयो । तर, उठाइन । पछि अर्को म्यासेज गर्नुभयो, ‘प्लीज तपाईँलाई भेट्न र सँगै बसेर कुरा गर्न चाहन्छु ।’ तर, मैले रेसपोन्स गरिन । …
मैले बिहान ६ बजेदेखि बेलुकी १२ बजेसम्म मोबाइल खुला राखेँ भने मेरो काम नै फोन उठाउने मात्र हुन्छ । फोन एकदमै कम उठाउँछु । प्रत्येक मिनेटमा फोन आइरहेको हुन्छ ।
















प्रतिक्रिया