बुटवल, २८ साउन । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल र भारतबीचको सम्बन्धमा अहिले सुधार आएको बताउनुभएको छ ।
बुटवल उद्योग बाणिज्य सङ्घद्वारा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले बिगतमा भन्दा सम्बन्ध सुधार भएका बेला सबैखालका समस्याको पहिचान गरी समाधान गर्नुपर्ने धारणा राख्नु भयो ।
उहाँले भारतमा नरेन्द्र मोदीको सरकार बनेपछि भारतले नेपालसँगको सम्बन्धलाई प्राथमिकता दिएकाले आलोचना र टिकाटिप्पणीभन्दा समस्याको पहिचान गरी समाधानको बाटो खोज्नु उपयुक्त हुने बताउनुभयो ।
राजदूत उपाध्यायले मुलुकको आर्थिक विकासका लागि आफूले लगानी तथा प्रविधि भित्र्याउनेसम्ममा पहल गर्ने बताउँदै लुम्विनी र आसपासको क्षेत्रका विकासका सम्बन्धमा पनि भारत सरकारलाई जानकारी गराउने बताउनुभयो । उहाँले नेपालका व्यवसायीलाई भारतमा आइपर्ने समस्या समाधानका लागि एउटा छुट्टै एकाई नै बनाइएकाले त्यसबाट लाभ लिन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा सङ्घका अध्यक्ष महेशमान सिंहले बेलहिया सीमा नाकामा सडक विस्तार, बुटवलसम्म रेल लाइन विस्तार, यस क्षेत्रबाट अदुवा ,फलफूल तथा तरकारी भारत
पठाउँदा आउने झन्झट कम गर्न पहल गर्न राजदूतसँग आग्रह गर्नुभएको थियो । रासस















प्रतिक्रिया