काठमाडौं, २८ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देश कहिल्यै उभो नलाग्ने बताउनुभएको छ ।
व्यवस्थापिका-संसद्को आजको बैठकमा बोल्दै उहाँले सीमाङ्कन गर्न नपर्ने ठाउँमा चार दलले सीमाङ्कन गरेकाले जनता विद्रोहमा उत्रिएको बताउनुभयो ।
उहाँले भन्नुभयो-‘सीमाङ्कन गर्न नपर्ने ठाउँमा चार दलले सीमाङ्कन गरेका छन् । जसकारण जनता विद्रोहमा उत्रिए । यो स्थिती हेर्दा पनि सङ्घीयताले देश उँभो लाग्दैन् ।’
















प्रतिक्रिया