काठमाडौं, २८ साउन । अखण्ड प्रदेशको माग गर्दै देशभरी भइरहेको प्रदर्शनका क्रममा चार प्रहरी घाइते भएका छन् भने, एम्बुलेन्समा तोडफोड भएको छ ।
जुम्लामा जिल्ला प्रशासन कार्यालय अगाडि कर्णालीलाई सूदुर पश्चिममा गाभ्न लागेको बिरुद्धमा आयोजना गरिएको बिरोध कार्यक्रममा बिहिबार प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दा प्रहरी जवानहरु बलवहादुर जप्रेल, दिलिप शाही, प्रताप महत र तेजवहादुर बडुवाल सामान्य घाइते भएका छन् ।
यस्तै, बाँकेको कोहलपुर नगरपालिका–३ मैतवा चोकमा कोहलपुरबाट बर्दियातर्फ गइरहेको भे.१ च १२६३ नम्बरको एम्बुलेन्सलाई बिहिबार थरुहटको माग राखी आयोजना गरिएको बन्दमा बन्दकर्ताहरुले लाठी प्रहार गर्दा अगाडि र बायाँ साइडको शिसा पुरै फुटेको छ भने पछाडिको सिसा चर्केर क्षति भएको छ । एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कोहलपुर नगरपालिका–३ मैदह्वा चोकमा कोहलपुरबाट बर्दिया बेलवातर्फ बिरामी लिन जानेक्रममा बन्दकर्ताहरुले लाठीले हान्दा रेडक्रस उपशाखा कोहलपुरको भे.१ च १७२२ नम्बरको एम्वुलेन्स र भे.१ च ५२० नम्बरको एम्बुलेन्सको शिशा फुटेको छ । तोडफोड गर्ने ब्यक्तिहरु फरार रहेकोले खाजी भइरहेको छ ।















प्रतिक्रिया