९ कार्तिक २०८३, सोमबार

एमाले नेता शंकर पोखरेल पत्थरी रोगबाट ग्रसित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shankar-pokhrelकाठमाडौं, २८ साउन । एमालेका नेता तथा पूर्व सूचना तथा संचारमन्त्री शंकर पोखरेल पत्थरी रोगबाट ग्रसित बनेका छन् ।

एक हप्ता अगाडि पत्थरीको सल्यक्रिया गरेका नेता पोखरेल त्यसपश्चात कुनै कार्यक्रममा पनि सहभागी भएका छैनन् । नेता पोखरेलले दैनिक नेपालसँग भने, ‘चिकित्सकको सल्लाहअनुसार अहिले घरमै आराम गरिरहेको छु । आइतबारको स्वास्थ्य परिक्षणपछि अझै कति समय आराम गर्नुपर्छ भन्ने थाहा हुन्छ ।’ पत्थरी पित्त थैलीमा भएकाले अलि बढी समस्या भएको उनले बताए ।

पत्थरीले थला परेर घरमै आराम गरिरहे पनि फेसबुकमार्फत आफ्नो धारणा व्यक्ति गरिरहेका छन् ।

यस्ता छन् उनका धारणाहरुः

संविधानसभाभित्रको शक्ति संरचना तथा मधेस आन्दोलनका क्रममा शीर्ष नेताहरुले गरेको हस्ताक्षरका परिप्रेक्षमा अहिले भएको ६ प्रदेशको सिमांकन आफैमा महत्वपूर्ण उपलव्धि हो । तर, विद्यमान जिल्ला विभाजन नगर्ने समझदारी विपरित केही जिल्ला विभाजन गरिएको छ । रणनीतिक हिसावले नवलपरासीवाहेक अन्य जिल्ला विभाजनको औचित्य पुष्टि हुन गाह्रो छ । तर, जिल्ला टुक्राउने नै भएपछि प्रस्तावित ६ प्रदेशलाई यसरी थप राम्रो वनाउन सकिन्छ ।

१) २ नम्वरमा रहेको सप्तरीलाई क्षेत्र नम्वर १ प्रदेशमा राख्ने ।
२) सिन्धुली र मकवानपुरका भित्रि मधेसका भूभागदेखिको समग्र चुरे क्षेत्रलाई प्रदेश नम्वर २ मा राख्ने ।
३) प्रदेश नम्वर ५ को गुल्मीको पूर्वउत्तर भेगलाई प्रदेश नम्वर ४ मा राख्ने ।
४) प्रदेश नम्वर ६ मा राखिएको दाङसँग पूर्णतः अन्तरसम्वन्धित रहेको सल्यान र रुकुमको पश्चिम भेकलाई प्रदेश नम्वर ५ मा राख्ने ।
५) वहुजातिय साझा पहिचान अन्तरगत कैलालीका थारु समुदायको भावनालाई सकारात्मक रुपमा सम्वोधन गरिनु पर्छ ।
६) प्रदेश ६ भौगोलिक हिसावले सवैभन्दा विकट र मानव विकास सूचकांकका दृष्टिले पछि परेको तथा भौगोलिक हिसावले पनि ठुलो क्षेत्र वन्न पुगेकोले निकट भविष्यमा उक्त क्षेत्र दुइ प्रदेशमा विभक्त हुने देखिन्छ । त्यसले अन्यत्र पनि असर पर्न सक्छ ।

शक्ति र सम्मान भन्दा धनपैसा र सुविधा नै ठुलो भए झै गरी राजिनामा पो गर्न थाले त डिभि र पिआरवाला कर्मचारीहरुले । कठैवरा हाम्रो संस्कृति ।

वन्द र हड्तालव समाधानको सही मार्ग होइन । यसवाट जनताले नै शास्ति खेप्नुपर्छ । त्यसैले आफ्ना जायज मागहरु अन्य तरिकावाट सशक्त ढंगले राखौँ ।

अन्तिम सिमांकनका लागि संघिय आयोगको व्यवस्था भएकै छ । सिमा जोडिएको जिल्ला वा भेगलाई पायक पर्ने प्रदेशमा सामेल गर्ने ठाउ वाँकी छ । धैर्य नगुमाऔँ ।