काठमाडौं, २८ साउन । राजधानीको भक्तपुरमा एक जना मृत भेटिएका छन् ।
महामञ्जुश्री नगरपालिका–२ ताथली स्थित हनुमान ईटा भट्टामा काम गर्ने सर्लाही वरकुरुवा घर भएका ३० बर्षीय निधू माझी ईटा भट्टाको छाप्रोभित्र बिहीबार बिहान मृत अवस्थामा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।
मृत्युको कारण खुल्न सकेको छैन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया