सर्लाही, २८ साउन । सर्लाहीमा एक बालिका आफ्नै साथीबाट बलात्कृत भएकी छिन् ।
७ वर्षीय बालिकालाई छिमेकी तथा मिल्ने साथी १२ वर्षीय विजय पासवानले बलात्कार गरेका हुन् । घरमा खेल्न बोलाएर उनले बालिकालाई फकाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
खेल्ने क्रममा लुगा फुकालेर फकाई फुल्याई उनले बालिकाकै घरमा बलात्कार गरेका थिए । बलात्कारपछि बालिकाको यौनीबाट रगत बग्न थालेपछि अभिभावकले थाहा पाएर प्रहरीमा उजुरी दिएका थिए ।
आफ्नै साथी ७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हरिवन नगरपालिका१० बस्ने ननी पासवानका छोरा विजयलाई बुधबार नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया