९ कार्तिक २०८३, सोमबार

‘हेड सर’को विवादले ७ महिनादेखि शिक्षकले तलब पाएनन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa-Money– रबिना बोहरा
बागलुङ, २८ साउन । विद्यालयमा प्रधानाध्यापक नियुक्तीको विषयलाई लिएर विवाद हुँदा धवलागिरी विरेन्द्र उच्च माविका शिक्षकहरुले तलब पाएका छैनन् ।

विवादका कारण विद्यार्थीको पढाई समेत प्रभावित बनेको छ भने, शिक्षकहरुले ७ महिनाको तलब पाउन सकेका छैनन् । विद्यालयमा राजनीतिक खिचातानीका कारण शिक्षकहरुले तलब नपाएको गुनासो गरेका छन् । विद्यालयमा स्थायी र निजी स्रोतका कर्मचारी भएकाले कुनै आयस्रोत नहुँदा शिक्षक भत्ता दिन नसकिएको विद्यालयले जनाएको छ । शिक्षकहरुलाई विगत ७ महिनादेखि तलब नदिएपछि शिक्षकहरु साउन १९ गतेबाट नपढाउने भन्दै आन्दोलित भएका थिए । शिक्षकहरुले कलम बन्द गरेपछि विद्यालयले जिल्ला शिक्षा कार्यालय बागलुङमा हारगुहार गरेको थियो । तर शिक्षा कार्यालयलाई अनुरोध गर्दा पनि तलब भर्खरै निकासा गर्न नसक्ने बताएपछि शिक्षकहरु मारमा परेका छन् ।

विद्यालयले जिल्ला शिक्षा अधिकारी संग कुरा गर्दा जिम्मेवारी बोधपुर्ण तरिकाले काम नगरेकाले शिक्षकहरुलाई १० दिन भित्र तलब उपलब्ध गराउने भने ता पनि शिक्षक भत्ता दिन नसक्ने बताएको छ । ‘जिल्ला शिक्षा अधिकारीले अभिभावक भेला पनि बन्द गराईदिए, तपाईका छोरा छोरीलाई निजी वा जुन विद्यालयमा पढाउन मन लाग्छ त्यहा पढाउनुस् भन्नुभयो’ अभिभावक राजन शर्माले भने– ‘जिल्ला शिक्षा कार्यालयबाटै नै यस्तो उत्तर आएपछि मजदुरका छोराछोरी अब कहाँ गएर पढ्ने’ उनले दुखेसो पोखे ।

विद्यालय व्यवस्थापन समितिको गठन गर्न आग्रह गर्दा समेत जिशिअले संवाद समितिसंग छलफल गर्नु पर्छ भनि झारो टारेको उनको आरोप छ । साउन २० गते प्रधानाध्यापकको विषयलाई लिएर शिक्षा कार्यालयमा पुग्दा जिशिअले कुनै शिक्षकलाई पनि नियुक्ति गराउन नसक्ने बताएपछि प्रअको विवाद अझै चर्किएको छ ।

भुमिराज गौतमले प्रअका लागी आफ्नो योग्यता पुगेको भन्दै प्रअको पद आफूले पाउनुपर्ने माग गरेका छन् भने विमला गुरुङले आफूले निमित्तको भुमिका निर्वाह गरिरहेको र आफू आदिवासी महिला भएकाले पनि प्रअको स्थान पाउनुपर्ने माग छ । यसरी दुई जनाबीच विवाद भैरहदा विद्यालयको आर्थिक प्रशासन समेत बन्द गरिएको छ । शिक्षक पुणैराज रेग्मीले तलब नपाएपछि शिक्षा नियमावली विपरित गएर कलम बन्द गर्नुपर्ने बाध्यता सिर्जना भएको भन्दै प्रअका विवादका कारण साँडेको जुधाई बाच्छाको मिचाई भएको बताए ।

यता जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद तिवारीले कार्यालयबाट शिक्षकहरुको तलबका लागि विकल्प प्रस्तुत गरिएको भन्दै अन्य समस्याका लागि संवाद समिति संग छलफल गरेर प्रअको विवाद टुंगो लगाउने बताए । विद्यालयमा १४ जना स्थायी र अन्य ६ जना निजी स्रोतबाट शिक्षक, कर्मचारी छन् ।