३० आश्विन २०८३, शुक्रबार

केकी र नन्दिताले पाँचौ मिस नेपाल युएसमा धमाका मच्चाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

keki

– विजय थापा
वाशिंगटन डिसी । आगामी अगस्त २२ तारिख न्युयोर्कमा हुन लागेको पाँचौ मिस नेपाल युएस (नेपाल अमेरिका सुन्दरी) प्रतियोगितामा नेपालका चर्चित नायिकाद्धय केकी अधिकारी र नन्दिता केसीले आफ्नो धमाकाधार प्रस्तुति दिने भएका छन् ।

दुवै नायिका केहि समय अगाडी अमेरिकाको क्यालिफोर्नियामा आई पुगेको जानकारी दिदै पाँचौ मिस नेपाल युएसको लागि अगस्त १७ तारिखमा न्युयोर्क आउने आयोजक समितिका सदस्य शैलेस श्रेष्ठले बताए ।

श्रेष्ठले थप जानकारी दिदै नायिका नन्दिता केसी तथा केकी अधिकारी प्रतिभाशाली कलाकार हुन् भन्दै यस्तो शुभ अवसरमा विदेशमा रहेका नेपालीहरुले उहाँहरुको कलाको प्रस्तुति देख्ने मौका पाउने भएकोले प्रतक्ष्य प्रतिभा प्रस्तुतिको चाजो मिलाइएको बताए ।

usaयस पटकको पाँचौ नेपाल अमेरिका सुन्दरी प्रतियोगिताले बिशेष हुने बताउदै भव्यताको साथ सम्पन्न गर्न आयोजक समुह आयोजक अहोरात्र खटिई रहेको बताए ।

पाँचौ मिस नेपाल युएस प्रतियोगिताको लागि भारतीय बलिउडका प्रख्यात कलाकार गुल्सन ग्रोभर पनि १ हप्ता अगाडी नै अमेरिका आई सकेका छन् भने बलिउडकी चर्चित नायिका मनिषा कोइरालाको पनि सहभागिता हुने आयोजकले जनाएका छन् ।

यसपाली कार्यक्रमबाट संकलित रकमले नेपालीको पुनर्निर्माणमा जाने भएकोले अझ हामी नेपाली समुदायसंग बढी अपेक्षा गर्दछौ र सहभागी हुन् आब्हान आयोजकको तर्फबाट श्रेष्ठले गरेका छन् ।