– विवेक विश्वकर्मा
भैरहवा, २८ साउन । आर्थिक मन्दीको प्रभाव बिश्व बजारमा परिरहेको बेला नेपाल भारतको ब्यापार घाटा कम गर्न पर्यटन प्रबर्द्धनमा जोड दिईएको छ ।
भारतीय दूताबासको सहयोगमा बुटवल उद्योग बाणिज्य संघ र सिद्धार्थ होटेल एशोसियशनको संयुक्त तत्वाधानमा लुम्बिनीमा आयोजित नेपाल भारतको ब्यापार र पर्यटन प्रबर्द्धन अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले जोड दिएका हुन ।
समारोहलाई सम्बोद्धन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री कृपाशुर शेर्पाले नेपालको ६३ जिल्ला भूकम्पीय जोखिमबाट मुक्त रहेको हुँदा पर्यटन प्रबर्द्धनका लागि सरोकारवाहरु अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसार गर्नुपर्ने बताए । नेपाल भारतको ब्यापारघाटा कम गर्न पर्यटन प्रबर्द्धन आवश्यकता ठानेर बौद्धपरिपथ र हिन्दु परिपथ मार्फत रेलवे तथा बसमार्गको बिकास गरि दुबै देशमा रहेको हिन्दु तथा बुद्ध तीर्थ स्थलहरुको अवलोकन गराउनुपर्ने बताए ।

कार्यक्रमका अर्का बक्ता भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले हिन्दू तथा बौद्धपरिपथको निर्माणले दुबै देश बीचको मित्रता अझै प्रगाढ हुनुका साथै पर्यटन प्रबर्द्धनबाट आर्थिक सम्बृद्धी तिर उन्मुख समेत हुने बताए । उनले भने-‘जसको लागि रुपन्देहीमा ककरहवा लुम्बिनी र कपिलबस्तुमा अलिगढवा तिलौराकोट सडकमार्ग ६ लैन बिस्तार आवश्यक छ ।’ सो अवसरमा भारतीय राजदूत रन्जित रायले परापूर्बकालदेखि दुबै देशका जनता बीचको मित्रता अझै प्रगाढ बनाउन हिन्दु र बौद्ध परिपथ बिकासका लागि दुबै देश बीच सम्झौता गरि कार्यान्वयन गर्नुपर्ने बताए ।
भारतीय राजदूत रायले बिराटनगर, भैरहवा, बीरगंज, नेपालगंजमा आईसीपी निर्माण, नेपाल भारत बस सेवा बिस्तार, पाँच नाका थप खोल्ने दुबै देश बीच गृहकार्य भईएरहेको बताए । कार्यक्रममा नोपल टयुरिजमका रमेश धमला, भंसार बिभागका महानिर्देशक शिशिर ढुगाना, लगायतले मक्तब्य राखेका थिए ।















प्रतिक्रिया