३० आश्विन २०८३, शुक्रबार

सिनामंगलमा भुनव केसीको किचन सम्हाल्दै जिया केसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhuwan-and-jeeya-660x330काठमाडौं, २८ साउन । भुवन केसी र जिया केसीबीच ‘अफेयर’ जगजाहरै छ । उनीहरू विगत दुई वर्षयता ‘लिभ इन टुगेदर’को स्थितिमा छन् ।

जिया भुवनको सिनामंगलस्थित घरमा ‘किचन’ सम्हालिरहेकी छिन् ।

भुवनले आफ्नो निर्देशनमा निर्माण गरेको ‘ड्रिम्स’ सिनेमामा भने जिया अटाएकी छैनन् ।

जियालाई प्रेमी भुवनको फिल्ममा अभिनय गर्ने रहर त किन नहोला र ? तर, भुवनले कसरी मनाए, त्यो भने रहस्यमै रहेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

ड्रिम्सको सुटिङभर नै जिया भुवन सँगसँगै रहिन् । तर, मुस्ताङजस्तो सुन्दर ठाउँमा सुटिङ गर्दा पनि उनीहरूले सँगै एक ‘स्न्याप’ पनि नखिचाएकोमा भने सुटिङका कलाकार, प्राविधिक सबै चकित परे ।

आखिर किन यस्तो गरे उनीहरूले रु के आफूहरूबीचको सम्बन्ध लुकाउनै चाहेका हुन् त रु बुझ्न गाह्रो छ । यो फोटो भने केही वर्षअघिको हो ।