३० आश्विन २०८३, शुक्रबार

भूकम्प पीडितका लागि दुई महिना खटेर धुर्मुस-सुन्तलीले बनाए नमुना बस्ती (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dharmus-suntali

बनेपा । कलाकारहरुले नै निर्माण गरेको धुर्मुस सुन्तली एकीकृत वस्ती आज सिमान्तकृत पहरी समुदायलाई हस्तान्तरण गरिएको छ ।

हास्य टेली श्रृंखला मेरी बास्सै, भद्रगोल र सामाजिक संजाल सगुन डटकमको सहकार्यमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१६ डाँडागाउमा निर्माण गरिएको वस्ती करिव दुई महिना १० दिनपछि हस्तान्तरण गरिएको हो ।

dharmus-suntali-5

हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अगुवाइमा झण्डै रु. ६७ लाख ३६ हजार ८२६ लागतमा निर्माण भएको घरको शौचालय, अतिथि कक्ष सहितको जस्ताको छाना भएको तीन कोठे घर शहरी विकासमन्त्री डा नारायण खडका, वरिष्ठ हास्य कलाकारव्दय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो । घर निर्माणको क्रममा नेपाली सेनाले समेत श्रमदान गरेको कलाकार कट्टेलले जानकारी दिनुभयो । नमुना वस्तीमा २० घर छन् ।

dharmus-suntali-1

सो अवसरमा शहरी विकासमन्त्री डा खडकाले सरकारले निर्माण गर्ने अल्पकालिन तथा दीर्घकालिन योजनाका लागि धुर्मुस सुन्तलीको योजनाले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै घर निर्माणको प्रशंसा गर्नुभयो ।

dharmus-suntali-4

वरिष्ठ कलाकारद्वय हरिवंश र मदनकृष्णले कलाकारको इज्जत राखेको भन्दै घर निर्माणप्रति खुशी व्यक्त गर्नुभयो । वस्तीमा पाँच वटा बायो ग्यास, २१ वटा शौचालय, २० वटा खानेपानीको धारा र २० वटा डिस होमसमेत जडान गरिएको छ ।

एउटा घर निर्माणका लागि रु तीन लाख ३६ हजार ८३९ लागत लागेको एकीकृत नमुना वस्ती निर्माणकी संयोजक कुञ्जना घिमिरे (सुन्तली)ले जानकारी दिनुभयो ।

वस्ती हस्तान्तरण कार्यक्रममा आर्यन सिग्देल, नवल खडका, गायक राजेशपायल राइ, दिनेश डिसी, शिवहरी पौडेल, किरण केसी, केदार घिमिरे (माग्ने वुढा), मनोज गजुरेललगायतका कलाकारको सहभागिता थियो । रासस

 

dharmus-suntali-3dharmus-suntali-6dharmus-suntali-2