३० आश्विन २०८३, शुक्रबार

आफ्नै भाईलाई प्रधानसेनापति बनाउँदै प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

thai-priminister-ochaबैंकक, २७ साउन । थाई सैनिक सरकारका प्रमुख प्रयुत चान ओचाले आफ्ना भाईलाई नै सेना प्रमुखका रुपमा घोषणा गर्ने तयारी गर्नुभएको बताइएको छ ।

उहाँले सो सम्बन्धी सङ्केत बुधबार दिनुभएको सञ्चारमाध्यमहरुले जनाएका छन् । उहाँ हाल थाइल्याण्डको प्रधानमन्त्री पनि हुनुहुन्छ ।

गएको मे महिनामा उहाँले प्रधान सेनापतिका रुपमा शक्ति हत्याउनुभएको थियो । त्यसपछि सत्तामा आएपछि उहाँ नै सैनिक प्रमुख पनि हुनुहुन्छ ।

उहाँका भाई प्रिचा चान ओचा हाल थाई सैनिक सेवाको जर्नेल पदमा हुनुहुन्छ । उहाँलाई नै सेना प्रमुखका रुपमा नियुक्त गर्ने बारेमा हाल सैनिक प्रमुख एवम् प्रधानमन्त्री रहनुभएका प्रयुतले सो जानकारी दिनुभएको हो ।

पटक पटक सैनिक सेनाले सत्ता हत्याउने गरेको थाइल्याण्डमा यसपटक पनि सैनिक प्रमुख रहेका प्रयुत सत्तामा हुनुहुन्छ ।

हाल थाइल्याण्डमा राजनीतिक क्रियाकलापहरु प्रतिबन्धित छन् भने प्रजातान्त्रिक दलहरुलाई आफ्ना राजनीतिक क्रियाकलापहरु सञ्चालन गर्न दिइएको छैन । रासस/एएफपी