
एजेन्सी । पहाडहरुको यात्रा गर्नेहरुका लागि अब पहाडहरुको बीचमा बनेको म्यूजियममा पनि घुम्न पाउनेछन् । जहाँ बस्तीहरु पनि छन् । यी पहाडभित्रका बस्ती अवलोकन गर्न वर्षेनी संसारभरीका लाखौं मानिस यहाँ आउँछन् ।
यो म्यूजियम इटलीको माउन्ट क्रोनप्लैट्जमा बनेको एमएमएम कोरोन्स म्यूजियम हो । यो समुद्री तहबाट २२७५ मिटर उचाईमा बनेको छ, जस्को केही भाग पहाडभित्र छ ।
यो म्यूजियमका मालिक रेनहोल्ड मेसनर हुन् जो एक पर्वतारोही हुन् । उनी भन्छन्-‘यो म्यूजियमले यो सन्देश दिन्छ कि जब एक पर्वतारोहीले एक पहाडबाट के पाउँछ । के ल्याउँछ ।’
यसमा पहिला पनि ५ वटा म्यूजियम बनेका थिए । यो म्यूजियम यति सुन्दर बनेको छ कि अवलोकन गर्न संसारभरीका मानिस त्यहाँ पुग्छन् ।
म्युजियमसँगै पहाडभित्र २५ परिवारको अलग्गै गाउँ पनि रहेको छ । त्यो गाउँभित्र हस्पिटल, खानेपानी, सडक गाडि सबै सुविधा उपलब्ध छन् । स्कुलहरु त्यहाँ रहेका छन् । त्यहाँका मानिसहरु भन्छन्–‘संसारका मानिस भन्दा हाम्रो छुट्टै संसार छ’
हेर्नुस् फोटोहरुमा पहाडभित्रको सुन्दरबस्ती :






















प्रतिक्रिया