३० आश्विन २०८३, शुक्रबार

भूकम्पपीडितलाई अमेरिकाका प्रवासी नेपालीको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

onf-member-america

अमेरिका । नेपालका भूकम्प पीडितलाई अमेरिकाका प्रवासी नेपालीले सहयोग पठाएका छन् ।

अमेरिका स्थित प्रवासी नेपाली मञ्च मेरिल्यान्ड राज्य कमिटीका अध्यक्ष यूद्ध बहादुर पन्तका पुत्रद्धय सुमन पन्त र मोहन पन्तले राहत संलकन गरी सहयोग रकम मंगलबार नेपाल पठाएका हुन् ।

पन्त परिवार तनहुँ जिल्लाको व्यास नगरपालिका- १० दमौलीका बासिन्दा हुन् । भूकम्प पीडितलाई सहयोग गर्ने उद्देश्यले संकलित राहत रकम मंगलबार पन्त परिवारले अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीलाई हस्तान्तरण गरेका छन् ।

आफूले काम गनें डंकिन डुनोट बाट संकलन गरेको चार लाख नेपाली रूपैयॉ सहयोग रक़म नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा पठाएको प्रवासी नेपाली मञ्च मेरिल्यान्ड राज्य कमिटीका अध्यक्ष यूद्ध बहादुर पन्तले बताए ।