९ कार्तिक २०८३, सोमबार

काठमाडौंमा बाबुरामलाई हिर्काएर रुपन्देहीमा आन्दोलन गर्दै विरेन्द्र पासवान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_20150811_141646

– नरेश केसी
भैरहवा, २६ साउन । बहुजन शक्ति पार्टिका अध्यक्ष विसेन्द्र पासवानले आज भैरहवामा दबाब मूलक र्याली निकालेका छन् ।

अध्यक्ष पासवानले नेतृत्व गरेको र्याली भैरहवाको बुद्धचौंक, नारायणस्थान, मिलनचौंक, देवकोटाचौंक, आवारोड हुदैं कालिका पथ परिक्रमा गरको थियो ।

सीमांकनको विषयमा असहमति जनाउदैं सो पार्टिले र्याली निकालेको हो । शनिवार राजनीतिक सहमति तथा सम्वाद समितिको बैठकमा असहमति राख्दै समितिका सभापति समक्ष रोष प्रकट गरी हिडेंका सभासद समेत रहेका अध्यक्ष पासवानले रुपन्दही सदरमुकाम भैरहवामा आई प्रदर्शन गरेका हुन् ।

IMG_20150811_141651

अध्यक्ष पासवान, लुम्बिनी अन्चल इन्चार्ज किस्मत विके, केन्द्रिय सदस्यहरु लाला लोध, दुर्गा विक, रामसुवोध हरिजन, जिल्ला सचिव गोकर्ण सुनार, उपाध्यक्ष गंगा बहादुर विश्वकर्मा सहितले र्यालीको नेतृत्व गरेका थिए ।