९ कार्तिक २०८३, सोमबार

दोलखामा पहिराले घर पुरिँदा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, २६ साउन । दोलखा जिल्लाको डाँडाखर्क गाविस पाखाटोल भन्ने गाउँमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १४ वर्षीय रिजु गिरी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तकुमार लामाले बताउनुभयो ।

मृतककी आमा ४५ वर्षीया लिलाकुमारी गिरी पनि गम्भीर घाइते भएकी छन् ।

उनलाई उपचारका लागि चरिकोटतर्फ प्रहरी टोलीले ल्याउँदै गरेको छ ।

पहिरोबाट अन्य तीनजना भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

त्यसैगरी काठमाडौं दोलखा आवातजावत गर्ने चरङ्गे पुल बाढीले यस अगाडिनै बगाएको थियो ।

अस्थायी आवतजावतका लागि हेम पाइप प्रयोग गरी बनाइएको पुलसमेत पहिरोले बगाएपछि जिरी–दोलखा काठमाडौं–रामेछापदेखि काठमाडौंसम्मका यातायात अवरुद्ध भएको छ ।