समयको परिवर्तनसँगै महिलाहरुमा आएको चेतनाको कारण अहिले महिलाहरु घरभित्र मात्र होईन घर बाहिरका काममा पनि सक्रिय हुन थालेका छन् । पछिल्लो समयमा महिलाहरु गाउँ तथा समाजको विकास निर्माणका काममा पनि अग्रसर हुन थालेका छन् । महिलाहरु पनि हरेक काममा दक्ष छन् भन्ने प्रष्ट पार्नु भएको छ जमुना ढकालले ।
पुरुषको साथ बिना पनि सफल नारीको सूचीमा पर्नुभएकी जमुना ढकाल हरियो कुर्ता र रातो ज्याकेटमा ठाँटिएर केहीदिन बुटवलमा भएको युवा सेमिनारमा युवाहरुको नेतृत्व गरेर बोल्दै गर्दा उँहाले बोलेका केही शब्द मलाई अझै पनि याद छ । “जब जब देशमा कुनै पनि खालको क्रान्ति हुन्छ त्यसमा महिला र युवाको नै सर्वोपरि उत्साहजनक भूमिका हुन्छ अब देशमा संबिधान ल्याउन पनि हामी महिला नै एकजुट भएर अघि बढ्ने समय आएको छ, उहाँ भन्दा हजारौ सहभागीले जोडदार तालीले समर्थन गरे जमुना दिदिले यसरी देशको बारेमा पूर्ण आत्मविश्वासका साथ बुलन्द आवाज निकाल्दा खुसी पनि लाग्यो ।
घरको खाना बनाउनेदेखि लिएर सरसफाई अनि घरका सम्पुर्ण सदस्यलाई खुसी पारेर जानुपर्ने अवस्था कायम नै छ । त्यस्तै नारी आफ्नो क्रियाकलापको दौरानमा २/३ दिन बाहिर गई घर आउन असमर्थ भएको खण्डमा अथवा राति अलि ढिलो घरमा आउँदा हरेक क्रियाकलापको स्पष्टीकरण दिनुपर्ने हुन्छ । तर पुरुष राति ढिलो आउँदा वा काही गएर ४/५ दिन नआउँदा कुनै प्रश्न चिन्ह खडा गरिदैन । तर नारीलाई कहाँ के कसरी र किन गइस ? यस्तै-यस्तै प्रत्यिुत्तर पछि मात्र विश्वास गरिन्छ ।
कुनै पनि ठाँउमा काम गर्न केवल शिक्षा मात्र प्रयाप्त हुदैन । जस्तोसुकै काममा होस् आट वा हिम्मत त चाहिन्छ नै । आट र हिम्मतका लागि चाहियो दृण विश्वास यी सबै कारणले महिला सक्षम नभएसम्म त कुनै पनि कामको जिम्मा लिन सक्ने स्थिति हुदैन ।
कामकाजी महिलाको संख्या बढेको छ । त्यसमा पनि समाजमा सम्मानित र राम्रो काम र धेरै आम्दानी हुने खालका काममा पनि महिलाको संख्या दिनप्रतिदिन बढेको पाइन्छ । सगँसगँै बढेको छ निजी साधन तथा संचारको क्षेत्रमा आजका नारीहरुको पहँुच चलाउन मात्र होइन रेखदेख गर्नेदेखि सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी आत्मविश्वास र सहजताका साथ अगाडी बढाउन सफल छन् । नारीहरुको पहँुच वृद्घि गर्न मात्र होइन नियमित रेखदेख गर्न पनि सक्षम छन् आजका नारी ।
सामाजिक संरचनाका कारण पनि पुरुषले जति स्वतन्त्र रुपमा काम गर्ने अवसर महिलामा हुँदैन । घरको खाना बनाउनेदेखि लिएर सरसफाई अनि घरका सम्पुर्ण सदस्यलाई खुसी पारेर जानुपर्ने अवस्था कायम नै छ । त्यस्तै नारी आफ्नो क्रियाकलापको दौरानमा २÷३ दिन बाहिर गई घर आउन असमर्थ भएको खण्डमा अथवा राति अलि ढिलो घरमा आउँदा हरेक क्रियाकलापको स्पष्टीकरण दिनुपर्ने हुन्छ । तर पुरुष राति ढिलो आउँदा वा काही गएर ४÷५ दिन नआउँदा कुनै प्रश्न चिन्ह खडा गरिदैन । तर नारीलाई कहाँ के कसरी र किन गइस ? यस्तै–यस्तै प्रत्यिुत्तर प्रश्चात मात्र विश्वास गरिन्छ । उनी भन्छिन्–तर जतिसुकै अप्ठ्यारो परिस्थिति भए पनि आफूमा आत्मविश्वास, कामप्रतिको लगाव गर्छु भन्ने पुर्ण संकल्प छ भने कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न गाह्रो हुँदैन ।
साँच्चै नै घर र अफिसको भार बोकेर भए पनि काम गर्ने आत्मनिर्भर हुने नारीहरुको सुधारोन्मुख आर्थिक स्थिति छ । आर्थिक रुपमा बलियो हुनथाले पछि समाजले महिलालाई हेर्ने दृष्टिकोणमा पनि बिस्तारै परिवर्तन आइरहेको महशुस गर्न सकिन्छ । प्रशस्तै महिलाले सहजताका साथ काम गरेको देखेर होला संचार, बैँकिङ र अन्य क्षेत्रमा महिलाकै माग बढी हुने गरेको छ । नेपाल ग्रामीण विकास बैंकका संचालक जमुना ढकाल बताउँछिन् ।
यसै विषयमा गुल्मी जिल्लामा जन्मेर काठ्माडौमा बस्दै आउनुभएकी लिला कार्की भन्छिन् । महिलाहरुले केही गर्न सक्छन् भन्ने मानसिकता अब हाम्रो संघर्ष र कामले प्रमाणित गरिसकेको छ । आत्मविश्वास, दृढता, आँट र क्षमताबाट विचलित नभएर अगाडी बढ्ने हो भने सफलता प्राप्त गर्न सकिने उनको अनुभव छ ।
बिस्तारै समाजले नारीप्रति गर्ने व्यवहारमा बिस्तारै परिवर्तन आएका अन्य थुप्रै उदाहरण पनि छन् । पुरुषकै तुलनामा काम गर्न सक्ने महिलाले अब आलोचित हुनुपर्दैन । केहीवर्ष अघिकै मात्र कुरा हो महिलालाई ठूलाठूला कम्पनीको व्यवस्थापन सुम्पिन डराउँथे, हिचकिचाउँथे तर अहिले त्यस्तो स्थिति छैन । यसलाई सहज रुपमा लिन थालियो । अझ पुरुषहरुको तुलनामा महिला व्यवस्थापक बढी सफल भएको प्रमाणित भैइसकेको र आमले यसलाई राम्रोसँग बुझेको समाजको भनाइ छ ।













प्रतिक्रिया