९ कार्तिक २०८३, सोमबार

नेपालमा पहिलोपटक तेस्रो तेस्रोलिङ्गी ‘मोनिका’ले पाइन् पासपोर्ट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MONICA_20150810054908काठमाडौँ, २५ साउन । राहदानी विभागले पहिलोपटक लिङ्गको महलमा ‘ओ’ अर्थात् अन्य उल्लेख गरेर राहदानी वितरण गरेको छ ।

विभागले आज तेस्रोलिङ्गी मनोज शाही ‘मोनिका’लाई लिङ्गको महलमा ‘ओ’ उल्लेख एमआरपी राहदानी दिएको हो ।

विभागका महानिर्देशक लोकबहादुर थापाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समलिङ्गी, तेस्रोलिङ्गी, दुईलिङ्गी, अन्तरलिङ्गीलाई नागरिकतामा उल्लेख गरिएको पहिचानअनुसार नै राहदानी वितरण गरेको बताउनुभयो ।

कैलाली टीकापुरकी तेस्रोलिङ्गी मोनिकाले ‘ओ’ उल्लेख गरी राहदानी पाएकामा खुसी व्यक्त गर्नुभयो ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार प्राप्तिका अभियन्ता एवम् पूर्वसभासद् सुनिलबाबु पन्तले पहिचानअनुसार राहदानी दिएर सरकारले नागरिकप्रतिको दायित्व निर्वाह गरेको बताउनुभयो ।

नीलहिरा समाजका अध्यक्ष पिङ्की गुरुङले लामो सङ्घर्षपछि पहिचानअनुसारको राहदानी पाउन थालेकामा गर्व महसुस भएको छ भन्नुभयो । रासस