९ कार्तिक २०८३, सोमबार

कांग्रेस नेता भन्छन्-‘केपी ओली प्रधानमन्त्रीमा पक्का’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aananda-dhunganaकाठमाडौँ, २५ साउन । नेपाली काँग्रेस सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले संविधान जारी भएपछि नेकपा (एमाले)को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने विचार व्यक्त गर्नुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले एमाले र काँग्रेसबीच संविधान जारी भएपछि अब काँग्रेसले सरकारको नेतृत्वको दाबी नगर्ने सम्भावना व्यक्त गर्नुभयो ।

एकीकृत नेकपा(माओवादी)का कोषाध्यक्ष हरिबोल गजुरेलले संवैधानिक राजनीतिक तथा संवाद समितिले तयार पारेको अन्तिम प्रतिवेदनलाई लिएर सबै पार्टीमा विवाद रहेकाले संविधान निर्माणमा एकताबद्ध भएर कमजोरी सच्याउनुपर्नेमा जोड दिनुभयो ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अहिले जनचाहनाभन्दा बाहिर गएर संविधान जारी गर्न नहुने बताउँदै अन्तरिम संविधानलाई ‘बटम लाइन’ बनाएर संविधान बनाउन माग गर्नुभयो ।

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का महामन्त्री रामजनम चौधरीले सीमङ्कनमा रहेको विवाद अन्त्य नगरे मुलुक गम्भीर द्वन्द्वमा फस्ने चेतावनी दिनुभयो । रासस