काठमाडौं, २५ साउन । पत्रकारितामा आफ्नो करिअर स्थापित गर्दै गरेका प्रकाश समीर म्युजिक भिडियोमा समेत आफुलाई अब्बल बनाउँदै लगेका छन् ।
बिगत एक दशकदेखि पत्रकारितामा सक्रिय समीरले तीन वटा म्युजिक भिडियोमा अभिनय गर्न भ्याईसकेका छन् भने बाँकी तीन वटा सार्वजनिक हुने तयारीमा छन् । बाग्लुङ्ग तित्याङ स्थायी घर भएका समीरले ‘जिन्दगीको बाटो’, ‘यो मनको कुरा’, ‘आफ्नै सुर गरौँ’ लगायतको म्युजिक भिडियोमा अभिनय गरीसकेका छन् । विश्व नेपाली, प्रश्ना शाक्य लगायतका स्वरमा सजिएका गीतबाट आफ्नो अभिनय क्षमतालाई प्रष्फुटन गरेको छन् ।
उनी लेखनीमा पनि उत्तिकै सक्रिय छन् । आफ्नै रचनामा तिम्रो मेरो कथा बोलको लोक दोहेरी गीत सार्वजनिक हुने तरखरमा रहेको छ । जसमा समीरकै स्वर र अभिनय रहनेछ ।
आँशुका सौगातहरु गजलकृतिबाट साहित्य लेखनमा होमिएका समीरले हालसम्म ५ वटा पुस्तकसमेत प्रकाशित गरीसकेका छन् । उनका ‘सृजना साहित्य सिकाई’ गजल प्रशिक्षण पुस्तक, ‘जिन्दगी’ मुक्तक संग्रह, ‘आँशुका सौगातहरु’ गजल संग्रह, ‘सबैकी भद्रा दिदी’ गजलसंग्रह र ‘श्रीपेच नभएका राजाहरु’ आख्यान प्रकाशन भैसकेका छन् ।















प्रतिक्रिया