२९ आश्विन २०८३, बिहिबार

मुलुकभित्रै स्वरोजगार गराउन युवालाई अनुदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-paisaभद्रपुर, २४ साउन । जिल्ला कृषि विकास कार्यालय झापाले गएको आवमा किसानलाई रु तीन करोड ७४ लाख ९९ हजार विभिन्न शीर्षकमा अनुदान वितरण गरेको छ ।

युवा जनशक्तिलाई कृषिमा आकर्षण गरेर मुलुकभित्रै स्वरोजगार गराउने उद्देश्यले सरकारले अनुदान रकम वितरण गरेको हो । कार्यालयका प्राविधिक सहायक शालिकराम भट्टराईका अनुसार च्याउखेतीमा २८३ जनाको निवेदन परेकामा ८० जना, साना सिँचाइ आयोजनामा ४१२ मध्ये ८१, मौरीपालनमा १५० मध्ये ४०, व्यावसायिक तरकारीखेतीका लागि १०० भन्दा वढी निवेदन परेकामा ६० जनाले तथा माछापालनमा १४ निवेदन परेकामा चार जनाले अनुदान पाएका छन् ।

अनुदान मौरीपालनमा प्रतिव्यक्ति रु एक लाख ८० हजार, इनार बोरिङमा रु ७० हजार, व्यावसायिक तरकारीखेतीका लागि रु ६० हजार, पम्पसेट बोरिङमा रु ५० हजार तथा च्याउखेती, साना सिँचाइ आयोजनामा डिप बोरिङका लागि र माछापालनमा रु ४०÷४० हजार प्रति निवेदकलाई वितरण गरिएको कार्यालयले जनाएको छ ।

यसैगरी, साना किसान कृषि सहकारी महारानीझोड र कामधेनु महिला सहकारी बिर्तामोडले रु छ लाखका दरले ट्र्याक्टर खरिद गर्न अनुदान पाएको वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिनुभयो । रासस