काठमाडौं, २४ साउन । नेपालका भूकम्पपीडितलाई सहयोगार्थ मलेसियाको किनरारा ओभलमा अहिले चलिरहेको च्यारिटी खेलमा नेपालले महत्वपूर्ण विकेट हात पारेको छ ।
नेपालविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको विश्व–११का कप्तान तथा श्रीलंका महान् खेलाडी सनथ जयसूर्यालाई नेपाली बलरले ६ रनमा आउट गरेका छन् । नेपालका अविनाश कर्णले उनलाई ६ रन आउट गरे ।
जयसूर्या श्रीलंकालाई टेस्ट तथा वान डे क्रिकेटमा थुप्रै म्याच जिताउने भेट्रान खेलाडी हुन् । श्रीलंकाका महान खेलाडी मानिएपनि उनी नेपाविरुद्धको खेलमा चल्न सकेनन् ।
नेपालका युवा बलर अविनाश कर्णले उनको अविस्मरणीय विकेट आफ्नो पोल्टामा पारेका हुन् । आठ बलको छाटो इनिङमा उनले एक चौका हानेका छन् । कर्णले फ्याकेको बललाई बाउण्ड्री कटाउने धुनमा उनी राजेश पुलामीको हातबाट क्याच आउट भएका थिए ।















प्रतिक्रिया