– गीतामणि पाण्डे
यूएई, दुबई । सुदूरपश्चिम सेवा समाज यूएईले दुबईको सारजहा आजमान क्षेत्रमा आफ्नो शाखा विस्तार गरेको छ । समाजले दान बहादुर चन्द नेतृत्वमा ९ सदस्यीय सारजहा आजमान क्षेत्रीय समिति गठन गरेको हो ।
समाजका केन्द्रिय अध्यक्ष शिवराज जैशीको प्रमुख अतिथ्यमा केन्द्रिय उपाध्यक्ष जयराज जोशी केन्द्रिय सदस्य डम्बरराज जोशी र धन बहादुर खड्काको बिशेष उपस्थितीमा शाखा विस्तार गरिएको हो ।
समितिको उपाध्यक्षमा काशी सिंह गोयला, सचिवमा देवलाल जोशी, सह–सचिव देवराज सुवेदी, कोषाध्यक्षमा सुरेन्द्र पाल र सदस्यहरुमा क्रमशः महानन्द जोशी, सुवास वडेला, तेज सिंह ऐर र दिनेश ऐर रहेका छन ।
















प्रतिक्रिया