३० आश्विन २०८३, शुक्रबार

मलेसियामा नेपालीले नै ठग्यो नेपालीलाई, लाखौं रुपैयाँ लिएर फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kusam-bk
ठगेर फरार भएका कुसुम विक ।

– अर्जुन काफ्ले
मलेसिया । घरमा अप्ठारो परेको भन्दै नेपाली साथीसँगै पैसा सापटी लिएका एक नेपाली ठूलो मात्रामा पैसा लिएर वेपत्ता भएका छन् ।

उनी वेपत्ता भएपछि उनको खोजीमा नेपालीहरु लागेका छन् । ५५ हजार ५ सय ५० रिङ्गेट अर्थात १४ लाख ७२ हजार नेपाली रुपैयाँ लिएर ओखलढुङ्गा श्री चौर १का कुशुम विक वेपत्ता भएपछि उनका साथीले उनको खोजी गरिदिन आग्रह गरेका छन् ।

मलेसियाको केलाङ्ग स्थीत मेरुको एलएसके नपुरे लेटेक्स कम्पनीमा कार्यरत विक २ महिनादेखि वेपत्ता भएपछि उनका साथीआर्थिक समस्यामा समेत परेका छन् । ९ वर्ष देखि सो कम्पनीमा कार्यरत रहेका विकले भूकम्पबाट घर भत्किएको र सो घर निर्माण गर्न संंगै काम गर्ने साथीसंग उनले सापटी स्वरुप सो रकम लिएका थिए ।

उनीसंगै काम गर्ने रोल्पाका दिपक विकका अनुसार साथी हो अप्ठारोमा परेको छ भनेर विश्वासमा पैसा सापटी दिएपनि साथीलाई विश्वासघात गरेर उनी फरार भएका हुन् । रकम लिएर भागेका विक अवौधानिक नेपाली बनेर नेपाली दूतावास मलेसिया मार्फत नेपाल फर्किसकेका सल्यानका जितवहादुर वुढाथोकीले बताए । विकले नेपालीसहित चिनियाँ नागरिकको समेत रकम लिएर फरार भएका हुन् ।

रकम लिएर विक फरार भएपछि वर्ष भरीको कमाइ घर पठाउन समस्या भएको झापाका जीवन तामाङ्गले वताए । विकले जितबहादुरसंग मलेसियन रिङ्गेट १० हजार ५ सय, तामाङ्गसंग १० हजार, धादिङ्गका ज्ञान वहादुर गुरुङ्गको ३ हजार ८ सय, दिपकको २ हजार ५सय र स्थानिय चिनियाँ नागरिकको २२ हजार लिएर फरार भएका हुन् ।

मलेसियामा कार्यरत रहेका केही साथीले गरेको सहयोगलाई विश्वासघात गरेर विक फरार भएपछि अन्य साथीलाई पनि सहयोग गर्ने विश्वास नभएको वुढाथोकीले वताए ।