३० आश्विन २०८३, शुक्रबार

दाङ देउखुरी समाज यूएइको बैठक सम्पन्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dang-samaj

– सन्तोष खडेरी
यूएई । रोजगारीका लागि संयुक्त अरव इमिरेट्स (यूएइ) पुगेका दाङबासी नेपालीहरुको साझा संस्था दाङ देउखुरी समाज यूएइको सातौं मासिक बैठक सम्पन्न भएको छ ।

‘सुरक्षित प्रवास, सम्बृद्द समाज निर्माण हाम्रो अभियान’ भन्ने नाराका साथ स्थापित संस्थाले शुक्रबार आयोजना गरेको बैठक वरदुबईमा संस्थाका अध्यक्ष शान्त गिरीको अध्यक्षतामा केन्द्रीय समिती पदाधिकारी, क्षेत्रीय समिति पदाधिकारीका साथै युएईमा रहनुहुने दाङ जिल्लाबासीहरुको व्यापक उपस्थितिमा सम्पन्न भएको हो ।

संस्था स्थापना देखि हाल सम्म संस्थालाई योगदान पुर्याउदै आउनु भएका समाजसेवी सालिक सुवेदी लाई संस्थाको संरक्षकमा संस्थाले सर्बसम्मती मनोनयन गरेको छ भने त्यस्तै अर्का संस्थाका शुभेच्छुक चित्र नेपालीलाई संस्थाको सल्लाहकारमा सर्बसम्मती मनोनयन गरिएको छ ।

त्यस्तै युएईमा दाङ जिल्लाबासीहरुको अवस्था संस्थालाई अवगत हुन आवश्यक रहेकाले बिस्तृत जानकारी सहितको लगतरतथ्यांक संकलन गरि एक महिना भित्र प्रतिवेदन बुझाउन संस्थाका उपाध्यक्ष सन्तोष धितालको संयोजकत्वमा ५ सदस्यीय एक समिती गठन गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै संस्थाका संरक्षक सालिक सुवेदीले संस्थालाई सधै सत् मार्गमा मार्ग निर्देश गर्दै संस्थालाई अभिभावकत्ब प्रदान गर्ने, त्यस्तै सल्लाहकार चित्र नेपालीले संस्थालाई सदैव सही बाटोमा मार्ग निर्देश गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष शान्त गिरीले दाङ जिल्लाबासीहरुको आजको व्यापक सहभागीता बाट खुशी व्यक्त गर्दै संस्थाले आकार लिन लागेको आफूले महसुस गरेको साथै जिल्लाबासीहरुको समस्यामा अभिभावकिय भूमिका निर्बाह गर्दै सबै जिल्लाबासीहरु लाई अप्ठ्यारो परिस्थितिमा पनि संस्थालाई ओढ्ने छाताको रुपमा सबै मिली उभ्याउने प्रतिबद्धता जाहेर गर्दै सबै जिल्लाबासीहरु लाई सहज रुपले समेट्न रस अल खेइमामा क्षेत्रीय समिती गठन गरिसकेको र सारजाह, आबुधावीमा पनि चाडैं नै क्षेत्रीय समिती गठन गर्न गइरहेकोले सबै जिल्लाबासी हरुलाई आफूलाई पाएक पर्ने ठाउँ बाट संस्थामा आबद्द हुन आह्वान गर्नुभयो ।

उक्त कार्यक्रमको संचालन सचिब एकराज रिजालले गर्नु भएको प्रबक्ता नारायण आचार्यले जानकारी दिनुभयो ।