काठमाडौं, २४ साउन । नेपालका भूकम्पपीडितको सहयोगार्थ आयोजना गरिएको ‘ब्याट फर नेपाल’ अभियान अन्तर्गत आज नेपालले विश्व ११ सँग खेल्दैछ ।
२० ओभरको च्यारिटी खेल मलेसियाको राजधानी क्वालालमपुरको किनरारा ओभल मैदानमा दिउँसो हुँदैछ । क्यान–११ नाम दिइएको नेपाली टिमको कप्तानी पारस खड्काले गर्दैछन् । खेलमा विश्व ११ को कप्तानी श्रीलंकाली लेजेन्ड सनथ जयसूर्याले गर्दैछन् ।
नेपाली टिम क्यान–११मा को–को छन् खेलाडी ?
१) कप्तान पारस खड्का
२) यू–१९ कप्तान राजु रिजाल (विकेट किपर)
३) सरद भेष्वाकर
४) राजेश पुलामी मगर
५) सोमपाल कामी
६) अनिल मण्डल
७) शक्ति गौचन
८) मेहबुब आलम
९) नरेश बुढायर
१०) भुवन कार्की
११) करन केसी
१२) सिद्धान्त लोहनी
विश्व ११ को टिममा को–को छन् खेलाडी ?
१) कप्तान श्रीलंकाली क्रिकेटर लेजेन्ड सनथ जयसूर्या
२) पाकिस्तानका पूर्व विकेट किपर रसिद लतिफ
३) बंगलादेशका पहिलो टेष्ट कप्तान अमिनुल इस्लाम
४) अब्दुल रज्जाक
५) शोहाग गाजी
६) अष्ट्रेलियाका स्टिभ ओ’किफे
७) मार्कुस स्टाइनिस
८) मलेसियाका सुरेश नभरत्नम
९) अहमद फैज
१०) वेणुगोपाल राव
११) सिंगापुरका चेतन सूर्यवंशी
















प्रतिक्रिया