– एनपी प्रधान (भरत)
साउदी अरब । नेकपा एमालेका पोलिटब्यूरो सदस्य बृन्दा पाण्डेले दलहरुकाबीचमा रहेका फरक मतलाई थाती राखेर भएपनि संबिधान जारी गर्नुपर्ने बताउनुभएको छ ।
एमाले निकट प्रवासी नेपालीमञ्च साउदी अरबको प्रथम अधिवेशनलाई शुक्रबार रियादमा सम्बोधन गर्दै नेतृ पाण्डेले जनताबाट प्राप्त राय र सुझावअनुसार नै फरक मतलाई पन्छाएर भएपनि जति सक्दो छिटो संबिधान जारी गनुपर्नेमा जोड दिनुभयो ।
बिदेश बिभाग सह–ईन्र्चाज समेत रहनुभएका नेतृ पाण्डेले असहमतिकाबीच संबिधान जारी गर्नका लागि प्रवासी नेपालीहरुले दबाब दिनुपर्ने खाँचो औल्याउनुभयो । लाखौं प्रवासी नेपालीहरुको भावना र मर्मलाई आत्मसात् गर्दै प्रवासी नेपालीको मताधिकारको सुनिश्चततासहितको संबिधान जारी हुनुपर्ने उहाँको भनाई थियो ।















प्रतिक्रिया