३० आश्विन २०८३, शुक्रबार

सलमानले भनेपछि बच्चाकी आमा बन्दै ज्याकलिन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman khan jacquelineमुम्बई । बलिउडकी चर्चित नायिकाको सूचीमा पर्छिन् जैकलीन फर्नांडिस । श्रीलंकन मुलकी अभिनेत्रीलाई बलिउडको उचाईमा ल्याउने अभिनेता धेरै छ । तर चर्चित बनाउने अभिनेता हुन् सलमान खान ।

जैकलिनलाई फिल्म ‘किक’बाट सलमानले चर्चामा ल्याएका हुन् । १४ अगस्तबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ब्रदर्स’का कारण पनि अहिले झनै चर्चामा पछि जैकलिन । भर्खरै सार्वजनिक एक समाचार अनुसार जैकलिन सलमानको सल्लाहमा बच्चाकी आमा बन्न लागेकी छिन् । बलिउडमा कैयौं हिट फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री जैकलीन सलमानकै सल्लाहमा आमा बन्न लागेकी हुन् ।

जैकलीन फर्नांडिसले एक अंग्रेजी अखबारलाई भनेकी छिन्-‘म फिल्म ‘ब्रदर्स’मा आमाको भुमिकामा देखिएकी छु र छिट्टै आमा बनेको देख्नुहुनेछ । मैले त्यो भुमिका यसकारण गरे कि सलमान खानले मलाई आमा बन्न सल्लाह दिनुभयो ।’

जसअनुसार फिल्म ब्रदर्समा जैकलीन अक्षय कुमार की पत्नी बनेकी छिन् । २०१४ को हिट फिल्म ‘किक’मा सलमानसँग अभिनेत्रीको भूमिका निभाएकी जैकलीन यो फिल्मले आफूलाई नयाँ उचाईमा ल्याएको बताउँछिन् ।

जैकलीन फर्नांडीसले आफू सलमान खानलाई आँखा बुझेर भरोसा गर्ने र उनकै कारण आफ्नो करियर नयाँ उचाईमा पुगेको बताईन् । ‘सलमान सधै मेरो जीवनमा विशेष स्थान रहनेछन् किनकि उनले मेरो करियरलाई नयाँ रूप दिएका छन् । उनले मेरा लागि जेजति गरे त्यसलाई म कहिल्यै भुल्नेछैन् । उनी व्यक्तिगत रुपमा पनि मलाई एक साथी र परिवारको सदस्य सम्झेर सल्लाह दिन्छन्, जस्को बारेमा म सोच्न पनि सक्थेन् ।’