काठमाडौँ, २३ साउन । संविधानसभाको अपराह्न ३ बजेका लागि तय गरिएको बैठक आज साँझ ६ बजेसम्मका लागि स्थगन गरिएको छ ।
संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेललेसंविधानका विवादित विषयमा कुरा मिलाउन राजनीतिक दलका शीर्ष नेताबीच छलफल जारी रहेकाले बैठक तीन घन्टाका लागि पर सारिएको जानकारी दिनुभयो ।
यस्तै आज अपराह्न १ बजेका लागि तय गरिएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक अपराह्न ३ बजेका लागि तय गरिएको छ । संविधानका विवादित विषयमा सहमतिका लागि चार प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच सिंहदरबारमा छलफल जारी छ ।















प्रतिक्रिया