
झारखन्ड, २३ साउन । विवाहमा रेफ्रिजे्रटर दाइजो नल्याएको आरोपमा एक महिलालाई घरपरिवार मिलेर सास्ती दिएका छन् ।
भारतको झारखन्ड राज्यमा अवरुण नाम गरेकी महिलालाई पतिसमेत घरका परिवार मिलेर यातना दिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ती महिलालाई यातना दिने क्रममा दुई वटै खुट्टामा फलामको सिक्रीले बाँधेर राखिएको थियो । उनलाई चार दिनसम्म पति, सासु र ससुराले खानसमेत दिएका थिएनन् ।
ती महिला भागेर प्रहरीमा उजुरी दिने डरले पतिसहितका घरपरिवारले उनलाई फलामको सिक्रीले बाँधेर ताला लगाउने गरेको प्रहरी भनाइ छ ।
ती महिालकी आमा आएर प्रहरीमा उजुरी दिएपछि मात्रै उद्दार गरिएको थियो । पीडित महिलाकी आमा नसीबुनका अनुसार उनले छोरीको विहे गरिदिएको एक हप्तामात्रै भएको थियो ।
अवरुण उनका पति रजाबुल अन्सारीले खुसी राख्ने बचन दिएर विहे गरी लगेका थिए । तर उनले एउटा फ्रिज दाइजो नपाएको बहानामा अवरुणलाई हदैसम्मको यातना दिएपछि भारतभरि यसको आलोचना भएको छ ।
अवरुणकी आमाले छोरीलाई फोन गर्दा घरबाट भागेको सूचना पाएपछि आमा नसीबुनले जिरवाबाडी प्रहरीमा उजुरी दिएकी थिइन् । तर बुझ्दै जाँदा आफ्नी छोरी भागेको नभइ पति र ससुरा मिलेर बाँधेर घरमै राखेका थिए ।
पीडित महिला अवरुणको उद्धार गरेपछि उनले प्रहरीमा पति, ससुरा र अन्य परिवारविरुद्ध उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा ससुरा जाबीर अन्सारीलाई हिरासतमा लिइएको छ ।
पत्नीलाई फलामको सिक्रीले बाँधेर यातना दिइ फरार भएका पतिलाई प्रहरीले खोजतलास जारी राखेको जनाएको छ । एजेन्सी














प्रतिक्रिया